लिसंखुले गर्यो खाता बन्द तथा चालु आर्थिक वर्ष २०७९/८० को वित्तिय प्रगति विवरण सार्वजनिक

जिल्लाको लिसंखुपाखर गाउँपालिकाले खाता बन्द तथा चालु आर्थिक वर्ष २०७९/८० को वित्तिय प्रगति विवरण सार्वजनिक गरेको छ ।

२५ असार, सिन्धुपाल्चोक । जिल्लाको लिसंखु पाखर गाउँपालिकाले खाता बन्द तथा चालु आर्थिक वर्ष २०७९/८० को वित्तिय प्रगति विवरण सार्वजनिक गरेको छ । पालिकाले चालु आर्थिक वर्ष २०७९/८० को सम्पूर्ण खर्च तथा भुक्तानी सम्बन्धी लेखाङ्कन कार्य आज दिनको २:०० बजे देखि बन्द गरिएको जानकारी गराउदै विज्ञप्ति जारी गरेको हो ।

चालु आर्थिक वर्षको खर्च तर्फ रु ३३,३९,२१,४८३.२७ (अक्षरुपी तेतिस करोड उनन्चालिस लाख एक्काइस हजार चार सय त्रियासी रुपैया सत्ताईस पैसा) अर्थात ८३.७५% र पुँजिगत तर्फ १६.०२.१३,७५८.५३ (अक्षरुपी सोह करोड दुई लाख तेह हजार सात सय अन्ठाउन्न रुपैया र त्रिपन्न पैसा) अर्थात ८३.०७% गरि कुल खर्च रु ४९,४१,३५,२४१.८० (अक्षरुपी उनान्चास करोड एक्चालिस लाख पैतिस हजार दुई सय एक्चालिस रुपैया र असि पैसा) अर्थात ८३.४१% मात्र खर्च भएको विवरण पालिकाले सार्वजनिक गरेको सुचनामा समावेश गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मंगलबहादुर विष्टले चालु आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रमको सफल कार्यान्वयनमा सहयोग गर्नुहुने सबै निर्वाचित जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालामा धन्यवाद पनि दिएका छन् ।

प्रतिक्रिया