दुर्घटनाग्रस्त अवस्थामा भेटियो हेलिकोप्टर

मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं ५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

२६ असार, सोलुखुम्बु । मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं ५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । सोलुखुम्बुबाट काठमाडौँका लागि उडान भरेको हेलिकोप्टर सर्केबाट सम्पर्कविहीन भएको थियो । उक्त हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले जानकारी दिए । लाम्जुरापास डाँडामा दुर्घटना भएको प्रारम्भिक जानकारी आएको उनको भनाइ छ । दुर्घटनास्थल सोलुखुम्बुको लिखुपिके र रामेछापको उमाकुण्ड गाउँपालिकाको सिमानामा पर्छ । दुर्घटनास्थलमा पाँच जनाको शव फेला परेको उनले जानकारी दिए । दुर्घटनाग्रस्त हेलिकोप्टर खोज्न काठमाडौँबाट अल्टिट्युड एयरको हेलिकोप्टर परिचालन गरिएको थियो भने सोलुखुम्बुबाट नेपाल प्रहरीको टोली खटिएको थियो । सोलुखुम्बुको सुर्केबाट विहान ९ः५२ बजे काठमाडौँ उडेको कल साइन ९ एनए–एमभी भएको हेलिकोप्टर विहान १०ः१२ बजे सम्पर्कविहीन भएको थियो । मनाङ एयरका व्यवस्थापक राजु न्यौपानेका अनुसार हेलिकोप्टरमा पाइटलसहित छ यात्रु सवार थिए । उनका अनुसार हेलिकोप्टरमा सवार पाँच जना मेक्सिकन नागरिक हुन् ।

प्रतिक्रिया