प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधन भएको छ ।

२७ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन भएको छ । आज बिहान नर्भिक अस्पतालमा उनको निधन भएको हो । अस्पतालका अनुसार प्रचण्ड पत्निको आज बिहान ८:३३ बजे ६९ वर्षको उमेरमा मृत्यु भएको हो ।
पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट सीता लामो समयदेखि पीडित थिइन् । आज बिहान एक्कासी स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई अस्पताल लगिएको थियो । यसैबिच नेकपा माओवादीका महासचिव देव गुरुङले दाहालको निधनप्रति शोक विज्ञप्ति जारी गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रतिक्रिया