प्रधानमन्त्री पत्नी सीता दाहालको अन्त्येष्टि

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको श्रीमती सीता दाहालको अन्त्येष्टि गरिएको छ ।

२७ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको श्रीमती सीता दाहालको अन्त्येष्टि गरिएको छ । उनको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय अनुसार राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको हो । सीताको पार्थिव शरीरमा प्रचण्डसहित छोरी गंगा र रेणु दाहालले दागबत्ती दिएका हुन ।
बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएकी दाहालको पार्थिव शरीर माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जली दिएपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिएको हो । श्रद्धाञ्जली अर्पण गर्नका लागि आउने दाहालका आफन्तहरूसहित माओवादीका शीर्ष नेता तथा कार्यकर्ताहरूको दिउँसो पेरिसडाँडामा भिँड थियो । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली, कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री माधव नेपाल, पूर्वसभामुख अग्नि सापकोटा लगायत नेताहरू सीतालाई श्रद्धाञ्जली अर्पण गर्न पशुपतिनाथ पुगेका थिए ।

प्रतिक्रिया