नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा पाकिस्तान ‘ए’लाई दियो १८० रनको लक्ष्य

एसीसी इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा नेपालले पाकिस्तान ए विरुद्ध १८० रनको लक्ष्य पेश गरेको छ ।

२९ असार, काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा नेपालले पाकिस्तान ए विरुद्ध १८० रनको लक्ष्य पेश गरेको छ । टस जितेर पहिला ब्याटिङ थालेकोे नेपालले ३७ ओभरमा सबै विकेट गुमाएर १७९ रन बनाएको हो ।
सुरुवाती १० ओभरभित्रै ६ विकेट गुमाएर १६ ओभरमा ८ विकेट गुमाइसकेको नेपाल सोमपाल र प्रतिशले इनिङ्स सम्हालेपछि ३७ ओभरसम्म ब्याटिङ गर्न सफल भएको हो ।
नेपालका लागि सर्वाधिक ७५ रन बनाएका सोमपाल कामीले १०१ बलमा ९ चौका र २ छक्का प्रहार गरे । सोमपाललाई अन्तिम अवस्थामा ललित राजवंशीले साथ दिएका थिए भने ललितले १० बल खेलेर १ रन बनाए । यस्तै प्रतिश जिसीले २४ बल खेल्दै १ चौका र २ छक्का सहित २६ रन बनाए । अर्जुन साउद र कुशल मल्लले समान १७ रन बनाएर आउट भए ।
गुल्सन झाले १३ र आसिफ शेखले १२ रन जोडे । कप्तान रोहित पौडेल ४ तथा कुशल भुर्तेल र पवन सर्रफ समान १ रनमा आउट हुँदा भीम सार्कीले खाता समेत खोल्न सकेनन् ।

प्रतिक्रिया