युएई ‘ए’ ले नेपाललाई दियो १५८ रनको लक्ष्य, कुशल भुर्तेल एक्लैले लिए ६ विकेट

३ साउन, काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा यूएई ए विरुद्धको आजको खेलमा नेपालले १५८ रनको लक्ष्य पाएको छ । यूएई ‘ए’ले टस जितेर ब्याटिङ गर्दै ४४ ओभरमा सबै विकेट गुमाएर १५७ रन बनाएको हो ।
बलिङमा नेपालका लागि कुशल भुर्तेल एक्लैले ६ विकेट लिन सफल भए । उनले १० ओभरमा ४० रन दिएर पहिलो पटक ६ विकेट लिए । उनले लिस्ट एको खेलमा पहिलो पटक ६ विकेट लिएका हुन् ।
यस्तै श्याम (मौसम) ढकालले २ विकेट लिए भने ९ ओभरमा ४४ रन दिए । कुशल मल्ल र पवन सर्राफले १ १ विकेट लिन सफल भए ।

प्रतिक्रिया