युएई ‘ए’ माथि नेपालको जित

एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा यूएई ए विरुद्धको आजको खेलमा नेपालले जित हात पारेको छ ।

३ साउन, काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा यूएई ए विरुद्धको आजको खेलमा नेपालले जित हात पारेको छ । टस जितेर ब्याटिङ गरेको यूएई ‘ए’ले ४४ ओभरमा सबै विकेट गुमाएर १५७ रन बनाएको थियो । १५८ रनको लक्ष्य स्विकार्दै जवाफी ब्याटिङ गरेको नेपाल २३ ओभरमै ३ विकेटले विजयी भएको छ ।
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ७१ रन बनाए । ४३ बलमा उनले ९ चौका र ३ छक्काले सर्वाधिक रन लिएका हुन् ।
यस्तै देव खनाल र सन्दीप जोराले २४ २४ रन जोडे । कप्तान रोहित पौडेल ९ रन, गुल्सन झा ११ रन र पवन सर्राफले १ रन पनि ल्याउन सकेनन् । प्रतिश जिसीले ३ बलमा नटआउट भएर ८ रन जोडे । बलिङमा भने युएईका फराजुद्दिनले ५ विकेट लिएका थिए ।

प्रतिक्रिया