सिन्धुका तीन नगरपालिकाको पुँजीगत खर्च उपत्यकाको महानगरभन्दा अब्बल

सिन्धुपाल्चोक जिल्लाका तीन नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा ८१ प्रतिशतसम्म पुँजीगत खर्च गरेका छन् ।

१० साउन, सिन्धुपाल्चोक । काठमाडौं उपत्यकासहित मुलुकभरका स्थानीय तहले पुँजीगत खर्चमा सुधार गर्न सकेका छैनन् । तर जिल्लाका नगरपालिकाले भने आर्थिक वर्ष २०७९/८० मा ८१ प्रतिशतसम्म पुँजीगत खर्च गरेका छन् । उपत्यकाका काठमाडौं र ललितपुर महानगरपालिकाको पुँजीगत खर्च ५० भन्दा कम रहेको छ। बाह्रविसे, मेलम्ची र चौतारा साँगाचोकगढी नगरपालिकाले भने विकास खर्चमा प्रगति गरेका छन् । गत आर्थिक वर्षमा चौताराले ३० करोड ४३ लाख ६० हजार पुँजीतग खर्च विनियोजन गरेकोमा ८१.२२% खर्च गरेको छ। गत आवको लागि कुल बजेट १ अर्ब २४ करोड २९ लाख ४७ हजार रहेकोमा चालु खर्च भने ९२.९९० गरेको छ। उक्त आर्थिक वर्षमा चौतारालाई संघ र प्रदेशले पठाएको थप रकमसमेत चालु र पुँजीगत खर्चको शीर्षकमा १ अर्व २४ करोड ४९ लाख ५६ हजार रहेको थियो । नगरपालिकाले घोषणा गरेकोमा बजेटमा संघ र प्रदेशबाट थप भएकाले कुल रकम बढेको हो।

त्यस्तै मेलम्ची नगरपालिकाले चालु भन्दा पुँजीगत खर्च बढी गरेर उदाहरण प्रस्तुत गरेको छ। नगरपालिकाले २०७९/८० मा चालुतर्फ विनियोजित रकमको ८०.६७% र पुँजीगततर्फ विनियोजित रकमको ८०.७६% खर्च गरेको छ । नगरपालिकाले २०७९/०८० मा चालुतर्फ १५ करोड ३ लाख १९ हजार विनियोजन गरेकोमा ७६ करोड ६६ लाख ५० हजार खर्च गरेको मेयर आइतमान तामाङले जानकारी दिए । पुँजीगततर्फ ७८ करोड ५३ लाख ३२ हजार खर्च भएको छ । यो तथ्यांकले नगरपालिकाको चालुभन्दा पुँजीगत खर्च बढी देखिन्छ । नगरपालिकाले २०७८/०७९ मा चालुतर्फ ७६.१६४ र पुँजीगततर्फ ५४.२४ खर्च गरेको थियो। मेलम्चीका मेयर आइतमानले आफ्नो नगरपालिकाले पुँजीगत खर्च उल्लेख्य गरेर विकासमा तिव्रता दिएको दाबी गरे । उनले जनप्रतिनिधि, कर्मचारी र नागरिकको सहयोग र समर्थनले नै बजेट खर्चमा सुधार गर्न सकेको बताए।
बाह्रविसे नगरपालिकाले आव २०७९/८० मा पुँजीगत खर्च ७०.४५५ गरेको छ। नगपालिकाले विनियोजन गरेको पुँजिगत खर्चतर्फ २४ करोड २९ लाख ५२ हजार मध्येमा करिव १७ करोड ११ लाख ५० हजार खर्चेको छ। चालु खर्चतर्फ ४४ रोड १८ लाख २५ हजार विनियोजन गरेकोमा ३५ करोड ९३ लाख ७२ हजार खर्च भएको देखिन्छ । उक्त तथ्यांक अनुसार चालु खर्च ७६.५८% भएको छ उक्त आवमा पुँजीगत भन्दा चालु खर्च ६.१३९ बढी देखिएको छ। बाह्रबिसेले गत आवमा ६९ करोड २७ लाख ७७ हजार कुल बजेट विनियोजन गरेकोमा चालु तथा पुँजीगत खर्च ७६.५८१ गरेको छ । अर्थात गत वर्ष बाह्रबिसेले कुल बजेटको ५३ करोड ५ लाख २२ हजार खर्चेको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार गत आवमा संघीय सरकारको मुलुकभर चालुतर्फ ८५, पुँजीगततर्फ ६१.४४% बजेट खर्च गरेको छ।

ओखरेनी साप्ताहिकबाट

प्रतिक्रिया