संसदीय प्रतिनिधि मण्डल स्वदेश फिर्ता, भ्रमण उपलब्धिमुलक रह्यो : सांसद सापकोटा

संयुक्त राष्ट्रसंघद्वारा आयोजित दिगो विकाससम्बन्धी उच्चस्तरीय राजनीतिक फोरममा सहभागी नेपाली प्रतिनिधि मण्डल स्वदेश फर्किएको छ ।

११ साउन, काठमाडौं । संयुक्त राष्ट्रसंघद्वारा आयोजित दिगो विकाससम्बन्धी उच्चस्तरीय राजनीतिक फोरममा सहभागी नेपाली प्रतिनिधि मण्डल स्वदेश फर्किएको छ । अमेरिकाको न्यूयोर्कमा सम्पन्न फोरममा सहभागिता जनाउन गत असार २४ गते संघीय संसद प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरु सहितको टोली अमेरिका प्रस्थान गरेको थियो । सम्मेलन सम्पन्न भएपछि टोली आज विहान स्वदेश फकिएको हो ।

फोरममा सहभागी भइ नेपालको तर्फबाट सम्बोधन समेत गरेका सिन्धुपाल्चोक १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा सुबोधले भ्रमण उपलब्धिमुलक रहेको बताएका छन् । उनले संयुक्त राष्ट्रसंघद्वारा आयोजित दिगो विकाससम्बन्धी उच्चस्तरीय राजनीतिक फोरममा नेपालको प्रतिनिधित्व प्रभावकारी रहेको बताएका हुन । सापकोटाले नेपालको तर्फबाट विभिन्न फोरममा महत्वपूर्ण सबालहरुमा राष्ट्रको तर्फबाट धारणा राख्ने गरी सहभागी हुने मौका पाएकोमा खुशी व्यक्त गरेका छन् । उनले अमेरिका भ्रमणका क्रममा त्यहाँ रहेका नेपाली समुदाय तथा संस्थासंग भेटघाट तथा साक्षात्कार गरिएको बताए । “अमेरिकामा रहेका नेपाली समुदायका सवाल तथा समस्याहरुका सन्दर्भमा जानकारी प्राप्त गरी नेपाली दुतावासमा रहनु भएका पदाधिकारीसंग समेत छलफल गरियो”, उनले भने ।

सांसद सापकोटाले अमेरिकामा बसोबास गरिरहेका नेपाली समुदायका विभिन्न समस्याहरु तथा सवालहरुमाथी नेपाल सरकारसंग आवश्यकताको आधारमा छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आफ्नो अमेरिका भ्रमणको महत्वपूर्ण अवसरको लागि नेपाल सरकार एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत अमेरिका बसाईमा सहयोग र समन्वय गर्ने सबै संघसस्था तथा व्यक्तित्वहरुप्रति आभार व्यक्त गरेका छन् ।

संयुक्त राष्ट्रसंघद्वारा आयोजित दिगो विकाससम्बन्धी उच्चस्तरीय राजनीतिक मञ्चमा सहभागी हुन संघीय सांसद सापकोटा,सहितको पाँच सदस्यीय नेपाली प्रतिनिधि मण्डल २४ असारमा अमेरिका प्रस्थान गरेको थियो । प्रतिनिधि मण्डलमा सांसद सापकोटा, प्रकास पन्थ, महेश बर्तौला, प्रतिनिधि सभाका सचिव रोजनाथ पाण्डे र गैर सरकारी संस्था महासंघ नेपालका उपमहासचिव राजेन्द्र शर्मा सहभागी थिए ।

प्रतिक्रिया