ब्रिटिश काउन्सिलले सुरू गर्यो ‘आईईएलटीएस रेडी प्रिमियम’

ब्रिटिश काउन्सिलबाट आईईएलटीएसको परीक्षा लिनेहरूका लागि नेपालमा नयाँ सेवा सुरू भएको छ ।

१२ साउन, काठमाडौं । ब्रिटिश काउन्सिलबाट आईईएलटीएसको परीक्षा लिनेहरूका लागि नेपालमा नयाँ सेवा सुरू भएको छ । काउन्सीलले २०२३ को जुलाई २४ मा ब्रिटिश काउन्सिल आईईएलटीएसले नेपालमा नयाँ सेवा सुरू गरेको हो । यसले ब्रिटिश काउन्सिलमा आईईएलटीएस परीक्षा दिने तयारी गरिरहेकाहरूलाई नवीनतम टेवा दिने अपेक्षा गरिएको छ । यो नयाँ प्लेटफर्मले परीक्षार्थीहरूलाई हरेक व्यक्तिको सिकाइमा प्रगति अनुसार व्यक्ति विशेष संसाधन उपलब्ध गराउने काउन्सिलले जानकारी दिएको छ ।

यसमा आईईएलटीएसका ४० ओटा अभ्यास परीक्षा, क्लास रेकर्ड, र अंग्रेजी बोल्ने आईईएलटीएस विज्ञहरूको समेत पूर्ण सहयोग रहने काउसिन्सलको दावी छ । परीक्षार्थीहरूले सीमित समय तोकिएको र सीमित समय नतोकिएको दुबै खाले ढाँचाका अभ्यास परीक्षाका साथमा आईईएलटीएसको आफ्नो तयारीलाई गर्न सक्नेछन् वातावरण बनाइएको र परीक्षार्थीहरूको अभ्यासलाई उपयोगी बनाउन उनीहरूले दिने उत्तरहरूको राम्ररी मूल्यांकन गरिने जनाइको छ ।

काउन्सिलका अनुसार आईईएलटीएस रेडीः प्रिमियम प्लेटफर्म गाइडेड ई–लर्निङ (जीईएल) मा आधारित छ । जीईएल अंग्रेजी भाषा सिकाउने लन्डनस्थित शीर्ष डिजिटल सिकाई सेवा प्रदायक हो । यसमा परीक्षार्थीहरूले आवश्यक अंक हासिल गर्न परीक्षकले के–के खोज्छन् भन्ने देखाउन नमूना उत्तर सहितको लेखन अभ्यास, प्रत्येक पठन र लेखन प्रश्नमा आईईएलटीएस विज्ञहरूको पृष्ठपोषण, सुधार गर्न जरुरी निर्दिष्ट क्षेत्रमा उचित सुझाव तथा सल्लाह र आफ्नो परीक्षाका लागि पूरा तयारी गर्न सकून् भनेर परिचयात्मक भिडियोहरूमा पहुँच पाउनेछन् ।

काउन्सिलका अनुसार ९७ प्रतिशत प्रयोगकर्ताहरूले आफूहरूलाई लक्षित अंक हासिल गर्न यसले मद्दत गरेको बताएका छन् । अरूलाई पनि यो सेवा प्रयोग गर्न आफूहरूले सुझाव दिएको ९८ प्रतिशतको भनाइ छ । ‘हामीकहाँ आईईएलटीएसको परीक्षा दिने परीक्षार्थीहरूको विदेशमा बस्ने, काम गर्ने र अध्ययन गर्ने महत्वाकांक्षा पूरा गराउन हामीले सक्ने हरेक खाले प्लेटफर्म दिन चाहन्छौं,’ ब्रिटिश काउन्सिल नेपालका महाप्रबन्धक म्याक्सिम राइम्यानले भने ।

प्रतिक्रिया