उपत्यकामा विशेष सार्वजनिक बस सेवा सञ्चालनबारे छलफल

काठमाडौं उपत्यकामा विशेष सार्वजनिक बस सेवा सञ्चालनबारे प्रधानमन्त्री प्रचण्डले छलफल गरेका छन् ।

१५ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा विशेष सार्वजनिक बस सेवा सञ्चालनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफल गरेका छन् । सार्वजनिक बस सेवा सञ्चालनबारे प्रधानमन्त्री प्रचण्डले सोमबार भौतिक योजना तथा यातायात मन्त्रालय,यातायात व्यवस्था विभाग, सडक विभाग, नेपाल प्रहरी र ट्राफिक प्रहरी लगायतका निकायसँग बहुपक्षिय छलफल गरेका हुन् ।

छलफलका क्रममा काठमाडौं उपत्यका दिनहुँ देखिने ट्राफिक समस्या समाधान र विशेष सार्वजनिक बस सेवा सञ्चालन बारे छलफल भएको थियो ।
छलफलमा बोल्दै प्रधानमन्त्री प्रचण्डले काठमाडौं उपत्यकामा देखिएका सडकका हरेक समस्या समाधान गर्नेगरी लाग्न सम्बन्धित निकायलाई सचेत गराएका  छन ।
उनले विशेष सार्वजनिक बस सेवा सञ्चालनबारे सम्बन्धित निकायबीच भएको छलफलको प्रशंसा गर्दै असोजसम्मलाई तारगेट गरेर विशेष बसहरु सञ्चालन गर्ने गरी तयारी गर्न निर्देशन दिएका छन्  ।

प्रतिक्रिया