पूर्वकप्तान मल्लले लिए सन्यास

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

१९ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।
काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सन्यासको घोषणा गरेका हुन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्णविराम लगाउँदै एउटा फरक यात्राको आरम्भ गर्ने निर्णय लिएको बताएका हुन् । आजको पत्रकार सम्मेलनमा मल्लले आफ्नो क्रीकेट करिअरमा सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गर्दै अब घरेलु क्रीकेट पनि नखेल्ने बताए ।

उनले सन् २००५ देखि यू–१५ टोलीबाट क्रिकेटको यात्रा सुरु गरेका थिए । उनले २०२३ मा जिम्बावेस्थित हरारे मैदानमा आईसीसी विश्वकप क्वालिफायर्समा आयरल्यान्डसँग नेपाल टीमको तर्फबाट अन्तिम खेल खेलेका थिए ।

सन् २००९ मा पारस खड्काले कप्तानी पाएपछि १० वर्षसम्म ज्ञानेन्द्र उपकप्तानका रुपमा रहे ।
२०७६ मा पारसले कप्तानबाट राजीनामा दिएपछि ज्ञानेन्द्रले नेतृत्वको जिम्मेवारी पाएका थिए । उनी २०७८ सालको मंसिरसम्म नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान रहेका थिए ।

प्रतिक्रिया