प्रमुख प्रशासकीय अधिकृतका रुपमा लिसंखु पाखरमा १७ महिना : जीवनभर स्मरणमा

स्थानीय सरकारको प्रशासकीय अधिकृत महत्वपूर्ण जिम्मेवारी हो । लिसंखु पाखर नै मेरो पहिलो कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेको कार्यालय हो ।

जागिरे जीवन, कहिले कता, कहिले कता, सरकारी जागीरको शिलशिलामा मिति २०७८ चैत्र १० गते सिन्धुपाल्चोक जिल्लाको लिसंखु पारखमा प्रमुख प्रशासकीय अधिकृतका रुपमा जिम्मेवारी सम्हाल्ने मौका मिल्यो । स्थानीय सरकारको प्रशासकीय अधिकृत महत्वपूर्ण जिम्मेवारी हो । लिसंखु पाखर नै मेरो पहिलो कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेको कार्यालय हो । नेपाल सरकारको शाखा अधिकृतको रुपमा स्थानीय तहमा पहिलो निर्वाचितदेखि दोस्रो पटक निर्वाचित नेतृत्वसँग र कर्मचारी मित्रहरुसँगको सहकार्यमा तोकिएको नियमानुसार १७ महिना कार्य सम्पादन गरियो । एउटा राष्ट्रसेवकले निर्वाह गर्ने भूमिकामा ईमान्दार रहँदै जिम्मेवारी निभाउँदा अहिले गृह मन्त्रालय आइपुगेको छु ।

आफूले काम गरेर निस्कदै गर्दा स्थानीय तहको संस्थागत स्वमुल्याकंन लिजामा ७२।७५ अंक सहित अहिलेसममकै सबैभन्दा बढी नतिजा हासिल भएको छ । वित्तिय सुशासन जोखिम मूल्याङकन गरी ५९ अंक प्राप्त भएको छ । शुन्य वेरुजु गराउन आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन २०७६ र लेखापरिक्षण ऐन २०७५ बमोजिम वेरुजुको वृहत छलफल गराई वेरुजु समपरिक्षण गराउने कार्यको सुरुवात भएको छ । गत आ.व.मा करिव २ करोड वेरुजु रकम लगत कट्टा गरी वित्तीय सुशासन र गाउँपालिकाको अध्यावधिक वेरुजुलाई न्युन गर्ने नीति अनुशरण भएको छ । गाउँपालिकाको कार्यालयमा स्तनपान कक्षको स्थापना भएको छ, कार्यालयमा प्रवक्ता र गुनासो सुन्ने अधिकारी नियुक्ति गरी कार्यालय र सेवाग्राही विचको सम्बन्ध स्थापित गर्न पहल भएको छ । गाउँपालिकाको आन्तरिक नियन्त्रण प्रणाली चुस्त र दुरुस्त बनेको छ, आन्तरिक राजश्व अभिवृद्धिमा जोड दिईएको छ, आ.व.२०७९/०८० मा पालिका करिब ८२ लाख रुपैयाँ आन्तरिक राजस्व उठाउन सफल भएको छ । सबैभन्दा बढी कर तिर्ने व्यक्ती, कर उठाउने वडा र वडा सचिवलाई सम्मान गर्ने कार्यको सुरुवात भएको छ ।

यसै आवबाट सम्पति कर लगाउने कार्यको सुरुवात भएको छ, यसका लागि जनप्रतिनिधीहरुसँग आभारी छु । यहि विचमा वडा कार्यालय स्वास्थ्य सँस्था र सामुदायिक विद्यालयहरुमा फाईवर ईन्टरनेटको जडान भएको छ, विद्युतीय सुशासन सुरु भएको छ । सिन्धुपाल्चोकको एउटा स्थानीय सरकारमा रहेर जिम्मेवारी निर्वाह गर्दा त्यहाँ गाउँपालिकाको प्रशासकीय भवनको ठेक्का सम्झौता देखि करिव ५५ प्रतिशत भौतिक प्रगति हासिल गरेको अबस्थासम्म सँगै रहेँ । निर्वाचित नयाँ नेतृत्वसँगको समन्वयमा वडा नं ३ र ५ को वडा कार्यालय वडा भवन निर्माण एवं हस्तारण गरी सेवा प्रवाहलाई व्यवस्थित बनाउन पाएकोमा गर्व अनुभूति भएको छ । यहिबिचमा स्थानीय तह सदस्य निर्वाचन २०७९ र प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा पाएको जिम्मेवारीलाई मर्यादिति तरिकाले सम्पन्न गर्न सहजिकरण गरें । जनप्रतिनिधीहरुको सहकार्यमा नाजुक अवस्थामा रहेको ककलिङ, पेट्कु सडकको कालोपत्रे सम्पन्न भएको छ । जनप्रतिनिधिहरुसँग स्थानीय तहभित्रका विकास कार्यमा सहजिकरण मेरालागि नविन र रुचिको विषय थियो । निर्माण पक्षबाट भएको लापरवाहीका कारण सम्पन्न हुन नसकेका गौरवका आयोजनाहरुलाई विशेष प्राथमीकतामा राख्ने गाउँपालिकाको योजनामा आफूलाई पनि सँगै उभ्याएर च्याउचीवेसी सिँचाई आयोजनामा उल्लेखनीय भौतिक निर्माण कार्य भएको छ । प्रदेश समपुरकका लागि निर्णय भईसकेकोले यसपालिको बजेटबाट च्याउचीवेसीमा सिचाई कुलो पुग्ने विश्वास छ । पहिलो ५ वर्षमा जनप्रतिनिधीहरुले सम्पादित गरेका कामहरुलाइृ जनमास सम्म पुगाउन लिसंखु पाखर दर्पण पूस्तक प्रकाशन गरी गाउँपालिकाको विकासको खाका तयार गर्दा सँगै गरेका काम रेकर्डमा छन् । प्रदेश सुशासन केन्द्र वागमती प्रदेशसंग समन्वय गरी सुशासन केन्द्रको आर्थिक सहयोगमा गाउँपालिकाको ५ वर्षे रणनीतिक आवधिक योजना निर्माण भएको छ । गाउँपालिकाको समग्र वस्तुस्थिती झल्किने गरी गाउँपालिकाको वास्तविक माग र आवश्यकता पहिचान गराउन गाउँपालिकाको डिजिटल वस्तुगत विवरण (पाश्र्वचित्र) तयार गरी सार्वजनिक भएको छ ।

गाउँपालिकाको कुनै पनि रकम खर्च नगरी विना लगानीमा आर्थिक प्रशासन शाखाको क्रियाशिलतामा र अन्य शाखाको समन्वयमा गाउँपालिकाको मध्यमकालिन खर्च संरचना तयार गरिएको छ । गाउँपालिकाको ऐन नियम नियमावली कार्यविधि तथा निर्देशिका लगायतका २४ वटा कानुनहरु बनेका छन् । विधायन समितिमा वृहत छलफल गरी कार्यापालिकामा पेश गर्ने परिपाटी बसेको छ । माध्यमिक सामुदायिक विद्यालय र स्वास्थ्य संस्थाहरुमा समेत मुहार सहितको ई हाजिरी जडान भएका छन् । गाउपालिकामा सेवा लिन आउने नागरिकहरुको काममा सहजिकरणको लागि २०७९ बैशाख देखी नागरिक सहायता कक्ष स्थापना र संचालनमा छन्, विधुतिय हाजिरी छ । वडामै गई योजना सम्झैता गर्ने कार्यको सुरुवात, एकिकृत अभिलेखिकरण, नियमित रुपमा मासिक समीक्षा र स्टाफ वैठक संचालन कार्यको शुरुवात, गाउपालिकाको सामाझिक सञ्जाल र वेभसाइटको नियमित अध्यावधिक र सुचना सम्प्रेषण भएका छन् । स्थानिय पाठ्य्क्रमको निर्माण गरी लागु भएको छ । पाँच शैयाको डाडापाखर अस्पताल निर्माणको काम गर्न गर्ने किसिमको भएको छ । टोलटोलमा गई जेष्ठ नागरिकलाई सम्मान गरी जेष्ठ नागरिकसंग गाउँपालिका कार्यक्रम संचालन, कार्यलयको संगठन तथा व्यवस्थापन सर्वेक्षण गरि सांगठनिक तथा प्रशासनिक चुस्तता कायम गरेको अनुभव छ । नागरिकलाई सेवा प्रवाहमा सहजता र सेवाको बारे जानकारी गराउने उद्देश्यले पालिका र सबै वडा कार्यालयमा नागरिक वडापत्र राखेको र गाउँपालिका कार्यालयमा डिजिटल वोर्डको व्यवस्थापन भएका छन् । लगानी सम्मेलन तयारीको अध्ययन अनुसन्धान सम्भाव्यात अध्ययन तथा अवधारण पत्र तयार भएको छ । पालिकाको शैक्षिक योजना निर्माणको मस्यौदा तयार भएको छ ।

असारे विकासको प्रक्रियालाई निराकरण गर्न र योजना कार्यान्वयनमा थप गुणस्तरीयता र दिगोपना गराउने उद्देश्यले कार्यपालिकाबाट निर्णय गराई फागुन मसान्तमै योजना सम्झौता गर्ने र जेठ मसान्त भित्रै भुक्तानी गरि सक्ने अभियानको थालनी भएको छ । गाउँपालिकामा ख वर्गको नयाँ एम्बुलेन्स संचालनमा ल्याई गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध भएको छ । गाउँपालिका अध्यक्षज्यू, उपाध्यक्ष ज्यू, गाउँकार्यपालिका परिवार, कर्मचारी साथिहरु, यस अवधिमा मलाई सहयोग, सररल्लाह र साथ दिनुहुने सम्पूर्णमा आभारी हुने छु ।

प्रतिक्रिया