किसानबाट उन्नत बिउ आलुको माग संकलन गर्दै लिसंखु पाखर गाउँपालिका

अर्गानिक आलु उत्पादनका लागि चर्चीत लिसंखुपाखर गाउँपालिकाले आलुको बिउको माग संकलन गर्न आग्रह गरेको छ । गाउँपालिकाले सूचना प्रकाशित गरी आलुबाली विकास केन्द्र, निगालेमा बीउ आलुका लागि निवेदन दिन अनुरोध गरेको हो ।

११ भदौ, सिन्धुपाल्चोक । अर्गानिक आलु उत्पादनका लागि चर्चीत लिसंखुपाखर गाउँपालिकाले आलुको बिउको माग संकलन गर्न आग्रह गरेको छ । गाउँपालिकाले सूचना प्रकाशित गरी आलुबाली विकास केन्द्र, निगालेमा बीउ आलुका लागि निवेदन दिन अनुरोध गरेको हो ।

काठमाडौंमा चर्चीत मुडेको आलुको मुख्य उत्पादन लिसंखु पाखर गाउँपालिकाको विभिन्न बस्तीमा हुने गरेको छ । बजार क्षेत्र रहेको मुडेमा संकलन भइ काठमाडौं ल्याइने भएकोले मुडेको आलको नामले चिनिएको लिंसंखु पाखर गाउँपालिका भित्र उच्च कोटीको अर्गानिक आलु उत्पादन हुने गर्दछ । किसानलाई आलुखेतीमा आकर्षण गर्दै उत्पादकत्व बढाउने उदेश्य लिएको पालिकाले चालु आर्थिक वर्षमा उत्पादन भएका उन्नत जारका बिउ (टि पि एस, पि बि एस, इन्भिन्ट्रो ) बिरुवा तथा बीउ आलु कार्तिक, मंसिर र पुष महिनामा बिक्रि वितरण गरिने  गाउँपालिकाका निमित्त प्रशासकीय प्रमख महेश राना मगरद्वारा जारी सूचनामा उल्लेख छ ।

आफ्नो पालिकाभित्रका कृषक, कृषक समुह, सहकारीहरुलाई यस विषयमा बेलैमा तयार भएपछि रोप्ने समयमा कुनै किसिमको अभाव झेल्न नपरोस भनेर बेलैमा आलु बाली विकास केन्द्रको सूचना पालिका मार्फत दिइएको पालिकाले जनाएको छ ।

बर्षौदेखि परम्परागत आलु खेति गर्दै आएका उच्च पहाडी भेगका किसानका लागि उन्नत विउ, उत्पादनमा सहयोग पुर्याउन  निगालेमा व्यवस्थित आलुबाली विकास केन्द्र रहेको छ ।

प्रतिक्रिया