एप बनाएर संसद सञ्चालन गर्न सापकोटाको ध्यानाकर्षण, एप बनाउन १ महिनाको तलब दिने घोषणा

प्रतिनिधि सभा सदस्य माधव सापकोटा 'सुबोध'ले संसद सञ्चालनको परम्परागत तरिकामा परिवर्तन गर्नु पर्ने बताएका छन् ।

१३ भदौ, काठमाडौं । प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुबोध’ले संसद सञ्चालनको परम्परागत तरिकामा परिवर्तन गर्नु पर्ने बताएका छन् । चीट संकलन गरेर बोल्न समय छुट्याउने पुरानो र झण्झटिलो तरिकाको सट्टा एप मार्फत जान सकिने उनको भनाई छ । उनले यस कार्यका लावि आफ्नो एक महिनाको तलब दिने घोषणा गरेका छन् ।
डिजिटल युगमा संसदको कार्यशैली अठारौं शताब्दीको जस्तै भएको भन्दै उनले एप बनाउन तलब दिने घोषणा गरेका हुन् । मंगलबार केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथीको छलफलको क्रममा उनले सो धारणा राखेका हुन् ।
छलफलमा भाग लिंदै सापकोटाले कानून निर्माण प्रक्रियालाई दिगो र जीवन्त बनाउनुपर्ने र वैज्ञानिकिकरण गर्नुपर्ने बताए । उनले कानूनलाई दिगोपना दिनुपर्ने र वैज्ञानिकिकरण गर्नुपर्ने भन्दै कानून निर्माणको प्रक्रिया नमिलेको बताए ।

प्रतिक्रिया