एसिया कप क्रिकेटमा नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध भएको छ ।

१८ भदौ , काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध भएको छ ।
श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३७ दशमलव ५ ओभर खेल्दा वर्षाका कारण खेल अवरुद्ध भएको हो । नेपालले ३७ दशमलव ५ ओभरमा ६ विकेट गुमाउँदै १७८ रनको योगफल बनाएको छ ।

नेपालका दीपेन्द्र सिंह ऐरी २७ र सोमपाल कामी ११ रनमा क्रिजमा रहेका छन् ।

प्रतिक्रिया