गैसस महासंघ सिन्धुपाल्चोकमा नयाँ कार्य समिति सर्वसम्मत

गैरसरकारी संस्था महासंघ नेपाल, जिल्ला शाखा सिन्धुपाल्चोकको दशौं अधिबेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

२२ भदौ, सिन्धुपाल्चोक । गैरसरकारी संस्था महासंघ नेपाल, जिल्ला शाखा सिन्धुपाल्चोकको दशौं अधिबेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

विहिबार भएको अधिबेशनबाट सर्बसम्मत रुपमा नयाँ कार्य समिति निर्वाचित भएको महासंघका केन्द्रीय उपमहासचिव राजेन्द्र शर्माले जानकारी दिए । जिल्ला शाखाले बिहीबार इन्द्रावती गाउँपालिकाको सिपापोखरेमा अधिवेशन आयोजना गरेको थियो । नयाँ कार्यसमितिको अध्यक्षमा भवानी श्रेष्ठ, उपाध्यक्षमा प्रकाश नेपाल, सचिवमा राजु वि.क., सहसचिवमा भरत सापकोटा, कोषाध्यक्षमा राजेन्द्र भण्डारी रहेका छन् । यसैगरी सदस्यहरुमा गोविन्द सापकोटा (निवर्तमान अध्यक्ष), राज कुमार भट्टराई, सूर्य मान दोङ, राधा सापकोटा, रीना श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् ।

अधिबेशनमा महासंघका केन्द्रीय अध्यक्ष राम प्रसाद सुबेदी, महासचिव अर्जुन भट्टराई, उपमहासिचव राजेन्द्र शर्मा, कोषाध्यक्ष नानीमायाँ थापालगायतको उपस्थिति रहेको थियो ।

भूकम्प अघि नै जिल्लालाई खुल्ला दिशामुक्त अभियान, शिक्षा स्वास्थ्य, खानेपानी एवं सरसफाई, झोलुंगे पुल जस्ता क्षेत्रमा काम गरेका जिल्लाका गैरसरकारी संस्थाले प्राकृतिक विपत्ती पछि भने जिम्मेवारी पुर्वक सहयोगी भूमिका खेलेका थिए । जुरे पहिरो, २०७२ सालको महाभूकम्प लगत्तै ठूलो संख्यामा अन्तर्राष्ट्रिय सहयोग सहित काम गरेका सिन्धुपाल्चोकका गैरसरकारी संस्थाहरु अहिले भने खुम्चिएको अवस्थामा छन् । जिल्लामा हाल आधा दर्जन हाराहारीका गैरसरकारी संस्थामात्र सक्रिय रहेका छन् ।  

प्रतिक्रिया