अखिल क्रान्तिकारी चौताराको नयाँ कार्यसमिति गठन

अखिल क्रान्तिकारी चौतारा साँगाचोकगढी नगरपालिकाको पाँचौ नगर सम्मेलनबाट नयाँ कार्यसमिति गठन भएको छ ।

२३ भदौ, सिन्धुपाल्चोक । अखिल क्रान्तिकारी चौतारा साँगाचोकगढी नगरपालिकाको पाँचौ नगर सम्मेलनबाट नयाँ कार्यसमिति गठन भएको छ । शनिबार नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल शरदको प्रमुख आतिथ्यता र संगठनका केन्द्रीय सचिव प्रशुन कार्कीको विशेष आतिथ्यतामा भएको नगर सम्मेलनबाट सर्वसम्मत ३५ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो । नगर समितिले आज चौताराको शहिद स्मृति प्रतिष्ठानको हलमा सम्मेलनको आयोजना गरेको थियो ।

नयाँ कार्यसमितिको अध्यक्षमा सुप्रीन्स कसजु, उपाध्यक्षहरु जमुना श्रेष्ठ, भरत आउजु,  सचिव समिर दंगाल, सह-सचिवहरु सम्झना थापा र रविना चौलागाईं, कोषाध्यक्ष शलिना श्रेष्ठ सहित अन्य सदस्यहरू रहेका छन् ।

कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार विकास मन्त्री दुलालले विद्यार्थीहरु अनुशासित समझदार, विवेकवान र संघर्षशिल बनेर अगाडी बढ्नु पर्ने बताए । उनले नव निर्वाचित कमिटीलाई बधाइ सहित सफल कार्यकालको शुभकामना दिदै हरेक कुरामा अव्वल रहि शैक्षिक क्षेत्रको समग्र विकासका लागी अखिल (क्रान्तिकारी) संघर्षरत रहनुपर्ने बताए । 

प्रतिक्रिया