सिद्धिगणेशमा विद्यालय बस उद्घाटन, मन्त्री दुलालद्वारा चाबी हस्तान्तरण

बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले चौतारा साँगाचोकगढी नगरपालिका वडा नं  स्थित श्री सिद्धिगणेश माध्यमिक विद्यालयलाई विद्यार्थी ओसारपसारको लागि बस हस्तान्तरण गरेको छ ।

२४ भदौ, चौतारा । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले चौतारा साँगाचोकगढी नगरपालिका वडा नं  स्थित श्री सिद्धिगणेश माध्यमिक विद्यालयलाई विद्यार्थी ओसारपसारको लागि बस हस्तान्तरण गरेको छ । आईतबार एक कार्यक्रमका बिच बागमती प्रदेश भौतिक तथा पूर्वाधार विकास मन्त्री युवराज दुलालले विद्यालयका प्रधानध्यापक राजकुमार यादवलाई ४० वटा सिटको स्कुल बसको चावी हस्तान्तरण गरेका हुन ।

बस हस्तान्तरण तथा उद्घाटन कार्यक्रमलाई सम्बोधन गदै भौतिक तथा पूर्वाधार विकास मन्त्री दुलालले सिद्धिगणेश माध्यमिक विद्यालय बागमती प्रदेश सरकारको २० वटा नमुना विद्यालय मध्येको एउटा नमुना विद्यालय रहेको बताउँदै सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन गुणस्तरमा ध्यान दिनुपर्नेमा आफु जोड दिने बताए। विद्यार्थी र अभिभावकको पहिलो रोजाईमा सामुदायिक विद्यालय पर्नेगरी सुधार गदै लैजान आफु सदैब लाग्ने उनको भनाई छ। सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीलाई घरकै दैलोबाट विद्यालय पुर्याउने बस व्यवस्थाले विद्यार्थीको संख्या बढ्ने अपेक्षा मन्त्री दुलालको छ।
उनले भने, ‘यो विद्यालयका विद्यार्थी पनि घरदैलो बाटै बस चढेर विद्यालय पुग्न पाउने भएपछि केही संख्या बढ्न सक्छ। तर, संख्या बढाएर मात्र पुग्ने छैन। गुणस्तर बढाउँदै सामुदायिक विद्यालयले विद्यार्थी र अभिभावकको मन जित्नुपर्छ,’ उनले थपे। साथै अबको एक दुई वर्षभित्र विद्यालय नर्स सिद्धिगणेश माध्यमिक विद्यालयमा ल्याउने प्रतिवद्धता जनाउछु। ’ सगैँ विद्यालय बस सञ्चालनमा सफलता प्राप्त गरोस यो बस बाट बिद्यार्थी शिक्षकहरुले सुबिधा प्राप्न गर्न सकुन शुभकामना छ । ’

मन्त्री दुलाल पहिलो पटक सामाजिक विकास मन्त्री हुदा सामुदायिक विद्यालयहरुलाई कसरी सुविधा सम्पन्न बनाउने भनेर प्रदेश नमुना विद्यालय , आवासिय विद्यालय , विद्यालय बस , विद्यालय नर्स र हरियाली विद्यालय लगायतका योजना तथा कार्यक्रम अगाडी बढाइएको र सोहि कार्यक्रमबाट यो विद्यालय बस आज हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया