दुर्घटनामा परि सिन्धुका दुई युवा नेताको निधन

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका– ९ घुमाउने डाँडामा शनिबार दिउँसो ट्याङ्करले ठक्कर दिदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

३० भदौ, सिन्धुपाल्चोक । जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका– ९ घुमाउने डाँडामा शनिबार दिउँसो ट्याङ्करले ठक्कर दिदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । अरनिको राजमार्गमा खाडिचौरबाट बन्देउ तर्फ जाँदै गरेको ना ८ ख ३७६ नं.को पेट्रोल बोक्ने ट्याङकरले विपरित दिशाबाट आउँदै गरेको बा प्र०२–०३१ प ५९७६ नं.को मोटरसाईकललाई ठक्कर दिएको हो ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार पाँचपोखरी थाङ्पाल गाउँपालिका– १ बासखर्कका २७ वर्षिय समिर दोङ र मोटरसाईकलको पछाडी सवार मेलम्ची नगरपालिका– ११ का २७ वर्षिय नबिन पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । दुर्घटनामा गम्भिर घाईते भएका दुबैजनालाई प्रहरीले उद्दार गरि उपचारको लागी धुलिखेल अस्पतालमा पठाएको थियो । उपचारको क्रममा दुबैजनाको मृत्यु भएको हो ।

ठक्कर दिने ट्याङ्कर र मकवानपुर थाहा नगरपालिका– १२ का चालक भिमबहादुर तितुङलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ । मृतक पाण्डे नेकपा (एमाले) निकट अनेरास्ववियु जिल्ला सह–संयोजक थिए भने तामाङ सचिवालय सदस्य थिए ।

प्रतिक्रिया