एसिया कप–२०२३ को फाइनलमा भारत र श्रीलंका भिँड्दै

एसिया कप–२०२३ को फाइनल खेलमा आज भारत र श्रीलंका खेल्दै छन् ।

एसिया कप–२०२३ को फाइनल खेलमा आज भारत र श्रीलंका खेल्दै छन् । खेल कोलम्बोको आर प्रेमदासा स्टेडियममा दिउँसो ३ बजे सुरु हुनेछ । दुवै टोली आठौंपटक एसिया कपको एकदिवसीय फाइनलमा भिड्दै छन् ।

सुपर फोरमा पाकिस्तान र बंगलादेशलाई हराउँदै श्रीलंका फाइनल पुगेको थियो । सुपर फोरमा भारतसँग भने श्रीलंका ४१ रनले पराजित भएको थियो । सुपर फोरको तीन खेलमध्ये भारत दुई खेलमा विजयी भएको थियो । पाकिस्तान र श्रीलंकमाथि विजयी भएर बंगलादेशसँग पराजित भएपनि भारत सुपर फोरको शीर्षस्थान कायम गर्दै फाइनल पुगेको हो।

१९८४ देखि सुरू भएको एसिया कपको १५ औं संस्करणसम्म आइपुग्दा भारतले सर्वाधिक ७ पटक उपाधि जितेको छ भने ३ पटक उपविजेता बनेको छ। श्रीलंकाले ६ पटक उपाधि जित्दा ६ पटक उपविजेता बनेको छ।

प्रतिक्रिया