विद्यालय पोशाक मै सडकमा उत्रिए सामुदायिक विद्यालयका शिक्षक, फोटो फिचर

देशभरका शिक्षक विद्यालय पोशाक मै सडकमा उत्रिएका छन् ।

३ असोज, काठमाडौं । देशभरका सामुदायिक विद्यालयका शिक्षक विद्यालय पोशाक मै सडकमा उत्रिएका छन् । सरकारले हालै ल्याएको विद्यालय शिक्षासम्बन्धि विधेयकका कतिपय विषयमा असहमति प्रकट गर्दै उनिहरु काठमाडौंको सडकमा आन्दोलित छन् । ‘नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति’ को ब्यानरमा ‘सडक आन्दोलन २०८०’ को नाम दिएर शिक्षकले बुधबार मध्यान्न माइतीघर देखि बानेश्वरसम्म मार्सपार्स गरे ।

आफूले प्रतिनिधित्व गर्ने जिल्लाको ब्यानर बोकेर देशभरबाट आएका अधिकांश शिक्षक विद्यालय पोशाकमा छन् । चर्को घाममा छाता ओडेर आफ्नो शिक्षक परिचय पत्र घाँटीमा झुन्ड्‌याएर आन्दोलनमा सहभागी भएका उनीहरूले शिक्षामन्त्री र अर्थमन्त्रीको राजिनामा माग गरेका छन् । माग पुरा नभए सम्म आन्दोनल जारी रहने आन्दोलनरत शिक्षकहरुले जनाएका छन् । शिक्षक आन्दोलनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यबस्था अस्तव्यस्त बनेका छ ।

प्रतिक्रिया