संविधान जारी हुँदा पलाएका आशाहरु

संविधान सभाबाट संविधान निर्माण गर्नु पर्दछ भन्ने पक्षधरतामा आन्दोलित भएको एक व्यक्ति र संविधान सभाबाट जारी संविधानप्रति गर्व गर्ने एक नेपाली हुनुको नाताले यो दिनलाई विशेष दिन मान्दछु ।

संविधान सभाबाट नयाँ संविधान जारी भएको ८ बर्ष पुरा भएर नौ बर्ष लागेको छ । यो ऐतिहासिक अवसरमा संविधान सभाबाट संविधान निर्माणका लागि जीवन आहूति दिनुहुने सम्पूर्णमा ससम्मान स्मरण गर्दछु । संविधान सभाबाट संविधान निर्माण गर्नु पर्दछ भन्ने पक्षधरतामा आन्दोलित भएको एक व्यक्ति र संविधान सभाबाट जारी संविधानप्रति गर्व गर्ने एक नेपाली हुनुको नाताले यो दिनलाई विशेष दिन मान्दछु । अलिकति संविधान जारी गर्ने बेला सम्झौं, नेताहरुको दौडधुपकाबीच जनताको चासो गहिरिँदो छ । महिला, मधेशी, दलित, मुस्लीम आदिवासी जनजाती, अल्पसंख्यक, पछाडि पारिएको, बर्ग, क्षेत्रका मानिसहरु आफ्नो विषयमा संविधानमा के कुरा आउने भयो भनेर जिज्ञासु छन् । चित्त नबुझेकाहरु आ आफ्नै तरिकाले विरोध गरिरहेका छन् । प्रहरीले निमुखा विरुद्ध लाठी बर्षाउन छोडेको छैन । कति ठाउँमा प्रहरी नै जलाईएका छन् ।

पुरानो प्रणालीमा सुधार आउन नसकेपछि मानिसहरु गणतन्त्र अर्थात व्यवस्थालाई गाली गरीरहेका छन् । यो बेला युवाहरु आफ्ना कुरा संविधानमा कसरी पर्ला भनेर आँखा तन्काउँदैछन । यो महिना भरिमा संविधान बन्छ, टिभि, पत्रिका, रेडियो, अनलाईन, सामाजिक संजाल अनि नेता देखि पत्रकारसम्मले त्यहि भन्छ । असोज ३ गते आउने रे संविधान । यसै भनिएको हो, पत्याउँ यत्रा बर्ष सम्म संविधान बनेन, नपत्याउँ सबैले बन्छ बन्छ भन्छन् । संविधानको मस्यौदा नै आएपछि अलि पत्याएको थिएँ, धारा खुरु खुरु पारित भएपछि झन नपत्याउने कुरै भएन । स्कुल पढ्ने बेलामा सुरु भएको संक्रमणकाल कलेज सकेर कलेज पढाएको पनि बर्षौ भएपछि, जनताले आफैं संविधान बनाउने दिन आयो तर संक्रमणकालबारे रेडियो, टिभिबाट सुने देखेको अनि पत्रिकामा पढेको कुरा आफैंले रेडियो, टिभि, पत्रिका र अनलाईन मार्फत सयौंपटक भनिसकेपछि, भोट हाल्ने भनेको केहि थाहा नहुँदा सुरु भएको संक्रमणकाल संविधान निर्माणका लागि छानिने प्रतिनिधिका लागि दुईपटक मदतान गरेपछि कलकलाउँदो कालो कपाल बिस्तारै झर्दै र रंग फेरेर सेतो भएपछि बल्ल संविधान बन्दै गरेको कुराले म जति खुसी को होला र ? म र म जस्तै हुर्काइ बोकेका युवाहरु अधवैंशे भईरहेका बेला खुलेर हाँस्न नसकेपनि फिस्स मात्रै हाँस्न पाईने भयो, भनेजस्तै नभएपनि धेरै कुरा भनेजस्तो भएको संविधान बन्ने भयो । यहि कुराले मख्ख भएँ म ।

असोज ३ गते संविधान जारी गरिने छ, सबै यसै भनिरहेका छन् । मानिसहरु जस जसले यसको समर्थन गरेका थिए, तालि बजाउन हात धोएर बसेका छन, जस जसले विरोध गरेका छन उनीहरु कतिखेर संविधान आउला र जलाउँला अनि बहादुरी देखाउँला भनेर कुरेर बसेका छन । एक हिसाबले भनौ संविधानमा सबैको प्रतिक्षा थियो ।

मैले यसो मैले भन्न चाहेको थिएँ

विकासको कुरा हामी तीस बर्षका लागि कस्तो विकासे मोडेलबाट जाने भन्ने अहिले नै तय गरौं, ताकि जुनसुकै सरकार आएपनि यसलाई परिवर्तन गर्नु नपरोस् । सबैजना मिलेर बनाएको मोडेल सबैको प्यारो हुन्छ, लागू पनि हुन्छ । मोडेल कस्तो बनाउने भन्ने विषयका जानकार धेरै छन् । सरकार, नीजिक्षेत्र र जनताको सहभागितामा हुने विकास दिगो हुन्छ, कसले अह्राएको कसले गर्ने होईन, सबैका लागि सबैले गर्ने हो, सरकारले नेतृत्व लिने, जनसहभागितामा काम गर्ने, सरकार, नीजि क्षेत्र र थोरै किन नहोस जनताको पनि लगानी भयो भने अपनत्व हुन्छ । आवश्यकतामा आधारित विकासको बाटो रोजौं ।

पहिले जनतालाई आफ्ना अधिकारबारे सचेतकीकरण गरौ, सुसुचित गरौ, सशक्तिकरण गरौं । आवश्यकता अनेकन छन् पहिले प्राथमिकता निर्धारण गरौँ अनि काम सुरु गरौँ । विकासका लागि बहुक्षेत्रिय विकास योजना उत्तम हुनसक्छ । एउटा गाउँमा खानेपानी, चर्पी, करेसावारी, उन्नत बिउ विजन, उन्नत जातका पशुवस्तु, सहकारी, स्वास्थ्यकर्मी पनि बस्ने स्वास्थ्यचौकी, शिक्षालय, सुरक्षा, वन, वातावरण, सडक, विजुली, सुचनाकेन्द्र, दुध डेरी, तरकारी लगायतका किसानले उत्पादन गरेका सामग्री संकलन केन्द्र अनि स्रोत परिचालनको ज्ञान सम्म सबैथोक चाहिएको छ, एउटा मन्त्रालयले मात्रै काम गरेर पुग्दैन, सम्भव पनि छैन । सबैको साथ र स्थानीयको हात भए काम हुन कतिबेर लाग्दैन, अब हुने भो , अब देश बन्ने भो, भनेर जनतालाई परिचालित गर्न सकियो भने सम्भव छ ।

गर्ने बेला यहि हो : सामाजिक परिचालन
अनि जनशक्ति खासगरि युवा परिचालनको कुरा सबैभन्दा बढि लेखिएको, पढिएको, सुनिएको र वास्तविकता पनि नेपाल कृषिप्रधान देश, कृषिमा आधारित जीवनयापन । तर वास्तविकता बदलिँदैछ, हाम्रा खेतबारी बाँझै छन्, युवा काम गर्न विदेशमा छन् । यहाँ भएकालाई पनि प्रविधिको प्रयोग गरी नविनतम ढंगले एकिकृत खेती गर्ने तरिका सिकाउन सकिएको छैन । नेपाल भित्र रोजगारी सृजना गर्न एकिकृत खेति उत्तम उपाय हुनसक्छ । यसका लागि विदेश जाने युवालाई विदेशमा हुने कमाई बराबर त्यतिनै पैसा दिएर रोक्न सकिन्छ, त्यती नै समयको जागीर ग्यारेन्टी सिप अनुसारको काम दिन सकिन्छ । स्थानीय स्तरमा बसेर काम गर्न मन छैन भने पुर्वी नेपालका पश्चिम र मध्य पश्चिममा, तराईका पहाडमा पहाडका हिमालमा हिमालका पहाडमा वा यस्तै यस्तै काम गर्नेको इच्छा अनुसारको ठाउँमा लगेर काम दिन सकिन्छ । टुक्रा टुक्रा जमीनमा भईरहेको खेतीलाई फरक ढंगले खेती गर्न सकिन्छ । तराईका फाँटहरु सिंचाई अभावमा बाँझो बनेको छ, काम गर्न मानिस भएर पनि उत्पादकत्व बढाउन सकिएको छैन । त्यस्ता जमिनलाई सरकारले बीस, तीस बर्षका लागि जग्गाधनीसंग भाडामा लिएर व्यवसायीक खेती गर्न सकिन्छ ।

एकहजार, देखि तीन चार हजार विगाहा जमीन भाडामा लिएर त्यहाँ खेती सुरु गर्न सकिन्छ, त्यहाँ काम गर्ने पहिलो अबसर जग्गा धनीलाई दिने तर के खेती गर्ने भन्ने निर्णय भने सरकारले गर्ने । पुरै फाँट मध्ये एकातिर उखु होला, अर्कातिर सनपाट, पशुपालन, कम्पोष्ट मल उत्पादन, दुध डेरी, मासु व्यवसाय, अर्गानीक खेती, मिल, व्यापारीक केन्द्र त्यहि तीन चार हजार रोपनी भित्रै हुनसक्छ । जग्गाको भाडा किसानलाई दिनेगरि भाडमा लिन कुनै गाह्रो छैन । एउटा किसानले आफ्नै खेतमा काम गरेको तलब पनि पाउने अनि जमीनको भाडा पनि पाउने भएपछि नाई भन्नुपर्ने अवस्था आउँदैन । नेपालभर यस्ता उत्पादन केन्द्रहरु कम्तिमा पच्चिस देखि तीस वटा बनाउन सकिन्छ ।

पहाडका वेसी र टारहरुमा पनि यहि तरिका अपनाउन सकिन्छ । पहाडमा पशुपालन, तरकारी खेतीमा धेरै गर्न सकिन्छ, हिमाली क्षेत्रमा भेडा, च्याङग्रा पाल्ने चौरी पाल्ने चीज उत्पादन गर्न सकिन्छ । दक्ष जनशक्ति उत्पादनका लागि त्यस्ता हरेक एकिकृत खेती प्रणालीको काम भईरहेको क्षेत्रमा हरेक क्षेत्रको तालिमकेन्द्र राख्ने र दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ । विदेशमा काम गरेर दक्ष भएर आएका नेपाली दाजुभाइ दिदी बहिनी यसका लागि सहयोगी बन्न सक्छन । यस्ता केन्द्रबाट तालिमप्राप्त युवाहरु वैदेशिक रोजगारीमा पनि जान सक्छन अनि राम्रो कमाई गर्न सक्छन् । अब म्यानपावरहरुले कामदार खोजेर सरकारलाई बुझाए भयो, कागज मिलाईरहनु परेन । फ्रि भिसा टिकेटको टेन्सन पनि भएन । पासपोर्ट नबनाएका काम गर्न चाहनेले लाईन बसे भयो । देशका सातैवटा प्रदेशमा कम्तिमा पाँचवटाका दरले नेपाली कपडा उत्पादन कारखाना खोल्ने बाँकि भएकालाई पनि जगेर्ना गर्ने नीति लिएमा नेपाली कपडाको प्रयोग बढ्छ । छिमेकीलाई गाली गरेर हैन नेपाली वस्तु र उत्पादन प्रयोग गरेर राष्ट्रियता बलियो बनाउने हो भनेर सिकाउने र व्यवहारमा प्रयोग गर्ने बेला यहि हो । कर्मचारी, जनपथ र सशस्त्र गरि दुबै प्रहरी, सेना, शिक्षक र विद्यार्थीले अनिवार्य एक जोर लगाउनै पर्ने व्यबस्था गरियो भने कारखानामा रोजगारी, सिलाईमा रोजगारी । केही महंगो परोस तर मैले नेपाली उत्पादन लगाएको छु भन्ने त हुन्छ ।

सगरमाथाको हिउँ पग्लीएर आएको पानीको निर्यात

नेपालको विकासका लागि मुल दुई सम्भावना भनेको पानी र पर्यटन हो । पानीको प्रयोग पहिले पिउनका लागि स्वच्छ पानी घर घर पुर्याउन पहल गर्ने, सिंचाईका लागि पानीको प्रयोग गर्ने, विजुली निकाल्न पानीको प्रयोग गर्ने अनि सगरमाथाको हिउँ पग्लीएर आएको पानीको निर्यात गर्ने । दोस्रोमा पर्यटन विकासका लागि तीन सहरमा केन्द्रीत पर्यटनलाई विस्तार गर्न ग्रामीण पर्यटन, होमस्टे संचालनमा जोड दिने । पर्यटकलाई लोभ्याउने नेपाली कला संस्कृतिका संरक्षण गर्ने । नेपाल आउने पर्यटकलाई एकजोर नेपाली कपडा साईज अनुसारको उपहार दिएर स्वागत गर्ने त्यसको खर्च भिसा शुल्कबाटै उठाउने गर्न सकिए राम्रो । पर्यटकलाई सत्कारका लागि पर्याप्त तालिम संचालन गरी सर्वसाधारणलाई अभ्यस्त बनाउन सकिन्छ । कुरिती विरुद्ध लङ्गमार्च नेपालका कतिपय ठाउँमा जारी कुरिती हटाउन सबै धर्मका धर्मगुरुहरु, स्थानिय बुद्धिजिवी, शिक्षक, नेता, कार्यकर्ता सम्मिलित लङ्गमार्च आयोजना गर्ने । गाउँ सहरमा अभियानकै रुपमा छुवाछुत, बोक्सीप्रथा जस्ता कुप्रथा विरुद्ध कार्यक्रमहरु आयोजना गरि सम्भाउने बुझाउने नमान्नेलाई त्यहि अनुसारको राज्यबाटै असमान व्यवहार हुने चेतावनी दिने । भन्न पाईयोस छुवाछुत र कुरीति विरुद्ध सबै धर्मका गुरुहरु संगै हिडेको देखेर आँखा यसरी सीतल भए कि सामान्य पावर भएको चस्मा लगाउनेलाई त निकै भयो ।

आँखा र मन विचको यो अनौठो सम्बन्धबारे अनुसन्धान गर्न हजार बढिले रोजगारी पाए । महिलाका अधिकारका विषयमा कुरा त्यसरी नै उठेको यो अबस्था । महिलाका विषयमा पुरुषले पुरुषका विषयमा महिलाले अधिकार प्राप्ती र काम बाँडफाडका प्रस्ताव तयार पारे अरे । अनि एक अर्काले एक अर्काका लागि भनेर बनाएको तर आफुलाई नै बनाएको मानिने छ भनेर साटियो । आफुले अरुका लागि भनेर बनाएको आफैलाई पर्दा महिला र पुरुष आश्चर्य चकित भए । अरुलाई भनेको आफैलाई पो पर्न गयो । चित्त नबुझाए पनि भएन आफुले बनाएको, बल्ल चित्त बुझ्दो भयो । बालबालिकाका कुरा पनि त्यसैगरी आए, दलित, जनजाती, आदीवासी, मुस्लीम, मधेशी वा अल्पसंख्यकका कुरा सुनीने भयो । विकासमा स्थानियता खोजिने भयो । आहा कति राम्रो । संविधान जारी भएपछि यी सबै कुराको जवाफ आउने अपेक्षा छ , आउने नआउने भविश्यले देखाउला ।

प्रतिक्रिया