चीनको हाङझोउमा एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन, फोटो फिचर

चीनका राष्ट्रपति सी चिनफिङले १९औं एसियाली खेलकुदको शनिबार हाङझोउमा रङ्गीन समारोहबीच उद्घाटन गर्दै दुई हप्ते खेलकूद प्रतियोगिताको शुभारम्भ गरेका छन्।

६ असोज, हाङझोउ । चीनका राष्ट्रपति सी चिनफिङले १९औं एसियाली खेलकुदको शनिबार हाङझोउमा रङ्गीन समारोहबीच उद्घाटन गर्दै दुई हप्ते खेलकूद प्रतियोगिताको शुभारम्भ गरेका छन्।
चीनले अपनाएको शून्य–कोभिड नीतिका कारण एक वर्ष ढिला आयोजना गरिएको प्रतियोगितामा ४५ देश र क्षेत्रका १२ हजारभन्दा बढी प्रतिस्पर्धीले ४० खेलमा प्रतिस्पर्धा गर्नेछन् ।


नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सिरियाका राष्ट्रपति बसर अल असद र अन्य देशका नेताहरूको उपस्थितिमा सीले ८० हजार दर्शक क्षमताको हाङझोउ ओलम्पिक रङ्गशालामा औपचारिक रूपमा खेलको उद्घाटन गरेका हुन् । चिनियाँ झण्डा फहराइरहेका दर्शकले सीसहित कार्यक्रममा सहभागी पाहुनालाई भव्य स्वागत गरेका छन् । सिरियामा सन् २०११ मा गृहयुद्ध सुरु भएपछि असदले पहिलो पटक चीन भ्रमण गरेका हुन् । कार्यक्रममा कम्बोडिया, कुवेत, नेपाललगायत देशका नेताको उपस्थिति रहेको छ भने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाक पनि सहभागी भएका छन् ।

प्रतिक्रिया