नेकपा एमालेको प्रथम बागमती अधिवेशनको बन्दसत्र सुरु

सोमवार काठमाडौंमा सुरु भएको नेकपा एमालेको प्रथम बागमती अधिवेशनको बन्दसत्र सुरु भएको छ ।

९ असोज, काठमाडौं । सोमवार काठमाडौंमा सुरु भएको नेकपा एमालेको प्रथम बागमती अधिवेशनको बन्दसत्र सुरु भएको छ । अधिवेशनको बन्द सत्र सञ्चालन गर्नका लागि प्रदेश इन्चार्ज गुरु बरालको अध्यक्षतामा ११ सदस्यीय अध्यक्ष मण्डल गठन भएको छ । अध्यक्ष मण्डलमा स्थायी कमिटी सदस्य शेरबहादुर तामाङसहित देवी ज्ञवाली, आनन्द पोखरेल, गोकुल बास्कोटा, कमल चौलागाई,रामेश्वर फुयाँल, कृष्ण राई, सुशीला नेपाल, पार्वत गुरुङ ,अरुण नेपाल र रत्ना गुरुङ सदस्य रहेका छन् ।

एमाले केन्द्रीय सदस्यहरू कृष्णप्रसाद दाहाल, कैलाशप्रसाद ढुंगेल, एमालेका पूर्व पोलिटब्युरो सदस्य सानुकुमार श्रेष्ठ, चितवनका एमाले नेता कृष्णभक्त पोखरेल तथा एमालेका वर्तमान प्रदेश अध्यक्ष केशवप्रसाद पाण्डेले नेतृत्वका लागि दाबी गरिरहेका छन् ।

उपाध्यक्षको लागि एमाले मकवानपुरका नेता अनन्तप्रसाद पौडेल, चितवनका दावा लामा,दोलखाका ईश्वर चन्द्र पोखरेल,काभ्रेका कुमार खकुरेल लगायतको दाबी छ ।
अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित कुल २४० सदस्यीय कमिटी चयन गर्ने छ ।

बन्दसत्रमा राजनीतिक, सांगठानिक, आर्थिक र आगामी कार्य योजना सम्बन्धी प्रतिवेदनहरू प्रस्तुत हुने अध्यक्ष मण्डलका सदस्य तामाङले बताए ।
नयाँ नेतृत्वका लागि आजै साँझबाट निर्वाचन कार्यक्रम पनि अघि बढ्ने उनले जानकारी दिए ।

प्रतिक्रिया