साफ च्याम्पियनसिप : नेपालले भारतको सामना गर्दै

राजधानीमा जारी यु–१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल प्रवेशका लागि आज नेपालले भारतको सामना गर्दैछ ।

१० असोज, काठमाडौँ । राजधानीमा जारी यु–१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल प्रवेशका लागि आज नेपालले भारतको सामना गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा आज साझ ५ः३० बजे हुने खेलमा समूह ‘बी’को विजेता भारत र समूह ‘ए’को उपविजेता नेपाल आमने–सामने हुँदैछन् ।

समूह चरणको खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने भारतले भुटानलाई २–१ को अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

यसैगरी आजै हुने पहिलो सेमिफाइनल खेलमा पाकिस्तान र भुटान खेल्दै छन् । उक्त खेल दिउँसो १ः३० बजे हुनेछ । पाकिस्तान समूह ‘ए’को विजेता र भुटान समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल पुगेका हुन् ।

प्रतिक्रिया