एमाले बागमती निर्वाचन : मजदुर कलस्टरबाट ३ सदस्य निर्विरोध

ललितपुरमा जारी बागमती प्रदेशको प्रथम अधिवेशनमा मजदुर क्लस्टर तर्फ तीनजना सदस्य निर्विरोध भएका छन् ।

११ असोज, काठमाडौं । ललितपुरमा जारी बागमती प्रदेशको प्रथम अधिवेशनमा मजदुर क्लस्टर तर्फ तीनजना सदस्य निर्विरोध भएका छन् ।

मजदुर क्लस्टर अन्तर्गत आवश्यक तीन सङ्ख्यामा तीनजनाको मात्र उम्मेदवारी परेपछि उनीहरु निर्विरोध भएका हुन् ।

निर्विरोध निर्वाचित हुनेहरूमा जिफन्ट राष्ट्रिय कमिटी सचिव तारानिधी पन्त(काभ्रे), जिफन्ट बागमती प्रदेश उपाध्यक्ष अर्जुन अर्याल (मकवानपुर) जिफन्ट पूर्व उपमहासचिव गीता कार्की(मकवानपुर) निर्विरोध भएका हुन् । (नेपालप्रेसबाट)

प्रतिक्रिया