प्रधानमन्त्रीको निर्देशन अनुसार निगमद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्याँसको मूल्यवृद्धि फिर्ता लिएको छ ।

१४ असोज, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्याँसको मूल्यवृद्धि फिर्ता लिएको छ । निगमले एक सूचना जारी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट निर्देशन भएबमोजिम स्वचालित मूल्य प्रणाली यथावत् हुने गरी हाल भएको मूल्य बृद्धिलाई मूल्य स्थिरिकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी मूल्यबृद्धि गर्ने निर्णय आजै राति १२ः०० बजेबाट लागू हुने गरी फिर्ता गरिएको व्यहोरा जानकारी गराएको हो ।

प्रतिक्रिया