क्वार्टरफाइनलमा नेपालले पायो २०३ रनको लक्ष्य

एसियाड अन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा बलियो प्रतिद्वन्द्वी भारतले नेपाल सामु २०३ रनको फराकिलो लक्ष्य दिएको छ ।

१५, असोज, काठमाठौं । एसियाड अन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा बलियो प्रतिद्वन्द्वी भारतले नेपाल सामु २०३ रनको फराकिलो लक्ष्य दिएको छ ।

चीनको हाङझाउमा मंगलबार विहान भएको खेलमा टस जितेको भारतले पहिलो ब्याटिङ रोजेको थियो । दोस्रो रोजाइको भारतीय टोलीसामु नेपालका बलरहरु आठौं ओभरसम्म खासै जम्न सकेनन् । नवौं ओभरमा व्यक्तिगत तेस्रो ओभरका लागि बलिङ गरेका दिपेन्द्रसिंह ऐरिले फालेको पाँचौ बलबाट भारतका रुतुराज गैकवाड क्याचआउट भए । हावामा उडेको बललाई नेपाली क्याप्टेन रोहित पौडेलले सजिलै क्याच गरे । खेलको ११ औं ओभरमा सोमपाल कामीले नेपालका लागि दोस्रो विकेट लिन सफल भए । व्यक्तिगत तेस्रो ओभरका लागि बलिङ गरेका सोमपालले २ दशमलम ४ ओभरमा भारतका तिलक शर्मालाई पेभेलिएन फर्काए । तिलक मात्र २ रनमा आउट भए । १२ औं ओभरमा नेपालका सन्दिपले रितेश शर्मालाई सस्तैमा आउट गरे । चार बल खेलेका शर्मा पाँच रनमा आउट भए । भारतका लागि यसभी जैसवालले उत्कृष्ट प्रदर्शन गरे । उनले ४९ बलमा सतक प्रहार गरे । दिपेन्द्रले दोस्रो विकेटका रुपमा उनलाई मैदानबाट विदा गरे ।

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले पहिलो पटक भारतसँग टी २० अन्तर्राष्ट्रिय क्रिकेट खेलेको हो । क्वार्टरफाइनल खेलका लागि सोमबार भएको लक्की ड्रमा नेपालले बलियो भारत प्रतिद्वन्द्वी पाएको थियो । एक महिना अघि एकदिवसीय एसिया कपमा भारतसँग प्रतिस्पर्धा गरेको नेपालले भारतसँग उत्कृष्ट ब्याटिङ गरेको थियो । चीनमा जारी एसियाड क्रिकेट अन्तरगत समूह चरणमा नेपालले पहिलो खेलमा मङ्गोलियामाथि दुई सय ७३ रनको विश्व कीर्तिमानी जित निकालेको थियो भने दोस्रो खेलमा माल्दिभ्सलाई १ सय ३८ रनको जित निकालेको थियो ।

प्रतिक्रिया