भारत विरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै क्वार्टरफाइनल बाटै विदा भयो नेपाल

भारत विरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै नेपाल एसियाड अन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै विदा भएको छ । बलियो प्रतिद्वन्द्वी भारतले दिएको २०३ रनको फराकिलो लक्ष्य पछ्याएको नेपालले जवाफी ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्यो ।

१५, असोज, काठमाठौं । भारत विरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै नेपाल एसियाड अन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै विदा भएको छ । बलियो प्रतिद्वन्द्वी भारतले दिएको २०३ रनको फराकिलो लक्ष्य पछ्याएको नेपालले जवाफी ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्यो । नेपालले सबै २० ओभर खेल्दा ९ विकेट गुमाएर १७९ रन जोड्न सफल भयो । भारत २३ रनले विजयी भयो ।
नेपालका लागि दिपेन्द्रसिंह ऐरिले ३२, कुशल मल्लले २९, सन्दिप जोराले २९, कुशल भुर्तेलले २८ रन बनाए । करण केसीले १८, आसिफ शेखले १० रन बनाउँदा सोमपाल कामीले ७ र गुल्सन झाले ६ रन बनाए । सन्दिप लामिछानेले ५ रन जोडे । क्याप्टेन रोहित पौडेल ३ रनमा आउट भए ।
चीनको हाङझाउमा मंगलबार विहान भएको खेलमा टस जितेको भारतले पहिलो ब्याटिङ रोजेको थियो । भारतका लागि यसभी जैसवालले उत्कृष्ट प्रदर्शन गरे । उनले ४९ बलमा सतक प्रहार गरेका थिए । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले पहिलो पटक भारतसँग टी २० अन्तर्राष्ट्रिय क्रिकेट खेलेको हो । एसियाड क्रिकेट अन्तरगत समूह चरणमा नेपालले पहिलो खेलमा मङ्गोलियामाथि दुई सय ७३ रनको विश्व कीर्तिमानी जित निकालेको थियो भने दोस्रो खेलमा माल्दिभ्सलाई १ सय ३८ रनको जित निकालेको थियो ।

प्रतिक्रिया