मलेरियाविरूद्धको उपचारका लागि दोस्रो खोप सिफारिस

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बेलायतको अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको बालबालिकाका लागि मलेरियाको आर–२१/म्याट्रिक्स–एम नामक दोस्रो खोप आर–२१/म्याट्रिक्स–एम को सिफारिस गरेको जनाएको छ ।

१६ असोज, एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बेलायतको अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको बालबालिकाका लागि मलेरियाको आर–२१/म्याट्रिक्स–एम नामक दोस्रो खोप आर–२१/म्याट्रिक्स–एम को सिफारिस गरेको जनाएको छ ।
आर २१/म्याट्रिक्स–एम खोप सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको हो र बुर्किना फासो, घाना र नाइजेरियामा प्रयोगका लागि अनुमति दिइसकिएको छ । “मलेरिया अनुसन्धानकर्ताको रूपमा, म त्यो दिनको सपना देख्थें जुन दिन हामीसँग मलेरिया विरुद्ध सुरक्षित र प्रभावकारी खोप हुनेछ । अहिले हामीसँग दुई विकल्प प्राप्त भएका छन्,” डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयेससले भने ।

सन् २०२१ मा बेलायती औषधि कम्पनी जीएसकेले उत्पादन गरेको आरटीएस एस खोप मध्यमदेखि उच्च औलो सङ्क्रमण भएका क्षेत्रका बालबालिकामा औलो रोकथामका लागि डब्लुएचओले सिफारिस गरेको पहिलो खोप बनेको थियो । डब्लुएचओका अफ्रिकाका लागि क्षेत्रीय निर्देशक डा मात्शिडिसो मोएतीले नयाँ खोपले माग र आपूर्तिको ठूलो खाडललाई कम गर्न मद्दत पु¥याएर महाद्वीपका लागि ठूलो सम्भावना बोकेको बताए ।
उनले भने, “यी दुई खोपले औलो रोकथाम र नियन्त्रण प्रयासलाई मजबुत बनाउन र अफ्रिकाका लाखौं युवाको जीवनलाई यस घातक रोगबाट बचाउन मद्दत गर्न सक्छ ।”

प्रतिक्रिया