आजदेखि मौसममा सुधार, विहान खुल्यो काठमाडौं

आजदेखि मौसममा क्रमश सुधार देखिएको छ । विहान काठमाडौ खुलेको छ । जल तथा मौसम विज्ञान विभागले आजदेखि मौसम क्रमिकरूपमा सुधार हुँदै जाने जानकारी दिएको छ ।

१८ असोज, काठमाडौं । आजदेखि मौसममा क्रमश सुधार देखिएको छ । विहान काठमाडौ खुलेको छ । जल तथा मौसम विज्ञान विभागले आजदेखि मौसम क्रमिकरूपमा सुधार हुँदै जाने जानकारी दिएको छ । विभागका मौसमविद् गोविन्द झाका अनुसार नेपालको पूर्वी क्षेत्रमा केही बदली बाँकी रहेपनि बाँकी क्षेत्रमा मौसम सुधार हुँदै जाने छ । झाले हिजो अस्ती जस्तो लगातार झरी भने नपर्ने बताए । विभागका अनुसार नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रकोसमेत प्रभाव रहेको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा साथै कोशी र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आगामी २४ घण्टामा कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको छ ।

तस्बिर : ज्ञानेन्द्रराज शर्माको फेसबुकबाट

प्रतिक्रिया