बलेफीले सुरु गर्यो आर्थिक क्रियाकलाप, दशैंको मुखमा बृद्धभत्ता आउने भएपछि जेष्ठ नागरिक खुसी

बलेफी गाउँपालिकाको तीन महिनादेखि रोकिएका आर्थिक क्रियाकलाप आजदेखि सुचारु भएको छ । कार्यपालिकामा बहुमत र अल्पमत विवाद रहँदा आर्थिक वर्षको सुरुवातदेखि नै ठप्प भएको काम बिहिबारदेखि सुरु भएको हो ।

१८ असोज, सिन्धुपाल्चोक । बलेफी गाउँपालिकाको तीन महिनादेखि रोकिएका आर्थिक क्रियाकलाप आजदेखि सुचारु भएको छ । कार्यपालिकामा बहुमत र अल्पमत विवाद रहँदा आर्थिक वर्षको सुरुवातदेखि नै ठप्प भएको काम बिहिबारदेखि सुरु भएको हो ।

बलेफी गाउँपालिकाका अध्यक्ष गंगा बहादुर तामाङ्ले कर्मचारीको तलब, जेष्ठ नागरिकलगायतको सामाजिक सुरक्षा भत्ता एवं पुरानो भुत्तानी रोकिएपछि आर्थिक क्रियाकलाप सुचारु गरिएको जानकारी दिए । गाउँपालिकाले सरोकारवालाहरुलाई गत बर्षको भुक्तानी, कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्ता लगायतका कार्यहरु सुरु गरेको जानकारी दिएको छ ।  गाउँपालिका अध्यक्षको सचिवालयले सूचना निकाल्दै भनेको छ ‘आश्विन १८ गतेबाट बलेफी गाउँपालिकाले गत आर्थिक बर्ष ०७९/०८० को पुरानो भुक्तानी बाँकीलाई मध्यनजर गर्दै  विविध समस्याका बिच पुराना बाँकी भुक्तानी, यस आरव ०८०/०८१ को शिक्षक, कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्ता लगायतका कार्यहरू सुचारू भएको सम्पूर्ण सरोकारवाला महानुभावहरूलाई जानकारी गराइन्छ । धन्यवाद ।’ आर्थिक क्रियाकलाप सुरु भएपछि जेष्ठ नागरिक खुसी भएका छन् ।

बलेफी गाउँपालिकाको कार्यपालिकामा बहुमत र अल्पमत विवाद रहँदा आर्थिक वर्षको सुरुवातदेखि नै सबै क्रियाकलाप ठप्प भएको थियो। अघिल्लो आर्थिक बर्षको भुक्तानी र सामाजिक सुरक्षा भत्ताका लागि जेष्ठ नागरिकहरु गाउँपालिकामा धाउँन थालेपछि जनप्रतिनिधिका रुपमा आफूले क्रियाकलाप अघि बढाउने निर्णय लिएको अध्यक्ष तामाङले बताए । बलेफी गाउँपालिकामा बहुमत आफूसँग भएको भन्दै एउटा पक्षले बैठक बहिस्कार गरी तलब, भत्ता र भुक्तानी रोकेपछि अघि बाध्य भएर अघि बढ्नु परेको अध्यक्ष तामाङको भनाई छ । बहुमत पक्षले गाउँपालिकामा कार्यरत कर्मचारीमाथि काम अघि नबढाउन मानसिक तनाब दिने गरेको जानकारहरु बताउँछन् ।

प्रतिक्रिया