पालिका अध्यक्ष सहितको उपस्थितिमा लिसंखुपाखरमा बजार अनुगमन

दशै तिहार लगायतका चाडपर्व नजिकिएसँगै जिल्लाको लिसंखुपाखर गाउँपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको छ ।

१८ असोज, सिन्धुपाल्चोक। दशै तिहार लगायतका चाडपर्व नजिकिएसँगै जिल्लाको लिसंखुपाखर गाउँपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको छ ।
चाडपर्वमा हुने कालोबजारी र अखाद्य बस्तुको विक्रिवितरणलाई ध्यानमा राख्दै गाउँपालिकाले बजार अनुगमन थालेको हो । असोज १६ गतेदेखि सुरु भएको बजार अनुगमनलाई चाडपर्व बाहेक अरु समयमा पनि निरन्तरता दिईने गाउँपालिका अध्यक्ष राजु लामाले बताए । गाउँपालिकाको वडा नं. ५ सिलढुङ्गाबाट बजार अनुगमन सुरु गरेको थियो ।
गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, कर्मचारी प्रहरी प्रशासनलगायत सरोकारवालाहरुको उपस्थितीमा आज सिक्रे बजारमा पनि अनुगमन गरिएको छ । बजार अनुगमनका क्रममा म्याद गुज्रेका अखाद्य सामान भेटिएको छ भने मुल्यसूची बिनै व्यवसाय सञ्चालन गरेको, व्यवसाय दर्ता नगरेको तथा होर्डिङ बोर्ड नराखी व्यवसाय सञ्चालन गरेको पाईएको छ । त्यस्ता व्यवसायीहरुलाई पहिलो अनुगमनमा सचेत गराईएको छ । व्यवसायीले मुल्यसूची बिनै व्यवसाय सञ्चालन गरे, व्यवसाय दर्ता नगरेको र म्याद गुज्रेका सामान विक्रि वितरण गरेको भेटिए व्यवसाय सिल गर्नेसम्मको कारबाही अपनाइने अध्यक्ष लामाले बताए ।

ह्वाइटखबरबाट

प्रतिक्रिया