भारतसँग पराजित भएपछि नेपाललाई कबड्डीमा कास्य पदक

चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा नेपाल शुक्रबार भारतसँग ६१-१७ ले पराजित भएको छ । सेमिफाइनलमा पराजित भएपछि नेपालले कास्य पदक आफ्नो पोल्टामा पारेको छ ।

१९ असोज, हाङझाउ । चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा नेपाल शुक्रबार भारतसँग ६१-१७ ले पराजित भएको छ । सेमिफाइनलमा पराजित भएपछि नेपालले कास्य पदक आफ्नो पोल्टामा पारेको छ ।

कबड्डीमा सेमिफाइनलमा पराजित हुने दुवै टिमले कास्य पदक पाउने प्रावधान रहेको हँुदा नेपालले पनि कास्य पदक पाउने भएको हो । यसअघि समूह चरणको पहिलो खेलमै बंगलादेशलाई हराएको नेपाल इरानसँग हारेपछि समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनल पुगेको थियो ।

नेपाललाई हराएपछि भारत फाइनल पुगेको छ ।

प्रतिक्रिया