चाडपर्वमा विद्यार्थीलाई सरकारी गाडी प्रयोग गरेर घर जाने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण

सांसद माधव सापकोटा 'सुबोध'ले चाडपर्वमा विद्यार्थीलाई सरकारी गाडी प्रयोग गरेर घर जाने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

१९ असोज, काठमाडौं । सांसद माधव सापकोटा ‘सुबोध’ले चाडपर्वमा विद्यार्थीलाई सरकारी गाडी प्रयोग गरेर घर जाने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा सुन्य समयमा धारणा राख्दै सिन्धुपाल्चोक १ बाट निर्वाचित माओवादी सांसद सापकोटाले उच्च शिक्षाका लागि गाउँ गाउँबाट नजिकका सहरबाट आएका र काठमाडौं गएका विद्यार्थीलाई सरकारी र संस्थानका गाडीको प्रबन्ध गरि दशैंमा घर पुर्याउने प्रबन्ध मिलाउन  सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले ठेक्का सम्झौता भएर भुक्तानी दिन बाँकी आयोजनाहरुको भुक्तानीका पनि सरकारको ध्यानाकर्षण गराए । साथै उनले बर्षातको बाढी पहिरोले विग्रेका गाउँ गाउँमा पुग्ने ग्रामीण बस्तीका सडक सरससफाइ गर्न संघीय सरकारले बजेटको प्रबन्ध गर्न पर्नेमा जोड दिए । उनले संसदमा भने ‘दशैं लगायतका साँस्कृतिक चाडपर्वले घेरीसकोको छ । सरकारले गत वर्षमा लगायत ठेक्का सम्झौता भएर चालु अवस्थामा रहेका परियोजनाहरुको भुक्तानी दिन सकिराखेको छैन र ति आयोजनाहरु अलपत्र अवस्थामा छन् । त्यसैले ति आयोजनाहरुका रनिङ विल भुक्तानी सम्पन्न गर्नका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । बर्षातको बाढी पहिरोले विग्रेका गाउँ गाउँमा पुग्ने ग्रामीण बस्तीका बाटाहरुलाई सरससफाइ गर्न संघीय सरकारले बजेटको प्रबन्ध मिलाओस् र प्रदेश र स्थानीय सरकारमार्फत यसलाई कार्यान्वयन गर्ने वातावरण मिलाओस् । उच्च शिक्षाका लागि गाउँ गाउँबाट नजिकका सहरबाट आएका र काठमाडौंबाट गएका विद्यार्थीलाई सरकारी र संस्थानका गाडीको प्रबन्ध गरि दशैंमा घर पुर्याउने प्रबन्ध मिलाओस् सम्माननीय सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रतिक्रिया