अखिल क्रान्तिकारी बलेफीको अध्यक्षमा बालकृष्ण कार्की

अनेरास्ववियु (क्रान्तिकारी) बलेफी गाउँपालिकाको चौथो सम्मेलनले बालकृष्ण कार्कीको नेतृत्वमा नयाँ कमिटि चयन गरेको छ ।

२० असोज, सिन्धुपाल्चोक । अनेरास्ववियु (क्रान्तिकारी) बलेफी गाउँपालिकाको चौथो सम्मेलनले बालकृष्ण कार्कीको नेतृत्वमा नयाँ कमिटि चयन गरेको छ ।
शनिबार कोठेमा संघीय सांसद माधव सापकोटा सुबोधको प्रमुख आतिथ्यतामा भएको सम्मेलनले युवा विद्यार्थी कार्कीको अध्यक्षतामा २९ सदस्यीय पालिका कमिटि गठन गरेको हो । नयाँ कमिटिको उपाध्यक्षमा उपाध्यक्षमा छिरिङ तामाङ र सम्झना नेपाल, सचिवमा सहदेव विश्वकर्मा चयन भएका छन् । यस्तै सहसचिवमा समीर कर्माचार्य, सहसचिवमा रामकृष्ण विश्वकर्मा र कोषाध्यक्षमा सीमा न्यौपाने चयन भएका छन् ।
सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि सांसद सापकोटाले आफू पनि विद्यार्थी राजनीतिबाट हुर्केको स्मरण गर्दै राजनीतिक चेतनाका लागि विद्यार्थी जीवन उपयुक्त समय भएको बताएका थिए । बीस बर्ष अघि उनी अखिल क्रान्तिकारी सिन्धुपाल्चोकका अध्यक्ष थिए ।

प्रतिक्रिया