

२३ असोज, हेटौंडा । बागमती प्रदेश सरकारले ‘खरको छाना मुक्त बागमती प्रदेश कार्यक्रम सन्चालन कार्यबिधी २०८०’ स्वीकृत गरेको छ । मंगलबार बसेको बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले सो कार्यविधिका साथै चेपाङ बनकरिया माझी बोटे एकीकृत बस्ती तथा आवास कार्यक्रम (मकवानपुर, चितवन र धादिङ) सम्बन्धि कार्यबिधी २०८० पनि स्वीकृत गरेको छ ।
बागमती प्रदेश सरकारका प्रवक्ता (आन्तरिक मामिला तथा कानून मन्त्री) गंगानारायण श्रेष्ठका अनुसार बैठकले
प्रदेश सभाको बर्षे अधिवेशन आज (असोज २३ गते राती १२ बजे ) देखि अन्त्य गर्नको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय समेत गरेको छ । यस्तै प्रहरी भवन निर्माणका लागि सम्बन्धित कार्यालयलाई अख्तियारी दिने निर्णय पनि गरेको छ ।
यस अघि हिजो बसेको प्रदेश सभा बैठकले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक, २०८० र प्रदेश सन्चारमाध्यम ब्यबस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको बिधेयक पारित गरेको थियो ।

