घरेलु मैदानमा लाओससँग प्रतिस्पर्धा गर्दै नेपाल

सन् २०२६ मा हुने फिफा विश्वकपको एसियाली छनोटअन्तर्गत प्रारम्भिक चरणको खेलमा आज नेपाल र लाओसको प्रतिस्पर्धा हुदैँछ ।

२५ असोज, काठमाडौं । सन् २०२६ मा हुने फिफा विश्वकपको एसियाली छनोटअन्तर्गत प्रारम्भिक चरणको खेलमा आज नेपाल र लाओसको प्रतिस्पर्धा हुदैँछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साढे ५ बजे सुरु हुनेछ ।
नेपाली फुटबलको भविष्यको लागि आज हुने खेल महत्वपूर्ण रहेको र यसमा आफ्नो उत्कृष्ट प्रर्दशन गर्ने नेपाली खेलाडीको भनाइ छ ।

नेपाल र लाओसबीचको दोस्रो खेल १७ अक्टोबरमा लाओसको मैदानमा हुनेछ ।
यस खेलको विजेता छनोट अन्तर्गत दोस्रो चरणमा प्रवेश गर्नेछ । जहाँ ९ समूहमा ४-४ टिम हुनेछन् र होम एण्ड अवेका आधारमा ६ खेल खेल्न पाउनेछन् ।

प्रतिक्रिया