‘नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार’बाट पाख्रीन पुरस्कृत

सिन्धुपाल्चोककी पत्रकार कमला पाख्रीन ‘नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार–२०२२’बाट पुरस्कृत भएकी छिन् ।

२५ असोज, काठमाडौँ । सिन्धुपाल्चोककी पत्रकार कमला पाख्रीन ‘नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार–२०२२’बाट पुरस्कृत भएकी छिन् । नेपाल पत्रकार महासंघ र नेपाल अमेरिका पत्रकार संघ (नेजा) द्वारा आज आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले उनलाई पुरस्कृत गरेका हुन् ।

पाख्रीन कान्तिपुर टेलिभिजन’मा संवाददाताको रुपमा कार्यरत छिन् । नेजाको पहलमा स्थापित पुरस्कार राशिमा उनले एक लाख एघार हजार र प्रमाणपत्र पाएकी हुन् ।

उनीसँगै ‘सन्धान अनलाइन’मा सम्बद्ध जुम्लाकी दिलमाया शाही पनि पुरस्कृत भएकी थिइन् । पुरस्कृत पत्रकारलाई उपप्रधानमन्त्री श्रेष्ठ, महासंघका अध्यक्ष बिपुल पोखरेल, महासचिव रोशन पुरी, पूर्व अध्यक्ष गोविन्द आचार्य, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, न्युनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्का, पत्रकार निर्मला आचार्य, नेजा अध्यक्ष सुरज भण्डारी लगायतले बधाई तथा शुभकामना दिएका थिए ।

प्रतिक्रिया