सुकुटेमा नेपालमै पहिलोपटक ह्याममेक केबलकार

जिल्लाको चर्चित पर्यटकीय केन्द्र सुकुटेमा नेपालमै पहिलोपटक ह्याममेक केबलकार सुरु गरिएको छ ।

२५ असोज, सिन्धुपाल्चोक । जिल्लाको चर्चित पर्यटकीय केन्द्र सुकुटेमा नेपालमै पहिलोपटक ह्याममेक केबलकार सुरु गरिएको छ । सुकुटेमा थ्रिल भ्याली रिसोर्टले हालै मात्रै यो सञ्चालनमा ल्याएको हो ।

कम्पनीका अनुसार ३६० डिग्री स्विङ लगायत साहसिक खेल गतिविधि सञ्चालनमा आएका छन् र स्विङमा ३६० डिग्रीमा घुमेर ’थ्रिल’को अनुभव गर्न सकिनेछ ।

कम्पनीले भोटेकोसी खोलामाथि २२० मिटर लामो जिपलाइन पनि सुरु गरेको छ । साथै २२० मिटर लामो स्काइ रोप साइकल पनि सञ्चालनमा आएको छ । स्काइ रोप साइकलमा एक जना बसेर चलाउने र जोडी नै बसेर चलाउन मिल्ने गरी बनाइएको छ साहसिक खेलका पारखीहरूका लागि लक्षित गरि कम्पनीले सञ्चालनमा ल्याइएको सञ्चालक महेन्द्र श्रेष्ठले जानकारी दिए । अहिले सञ्चालनमा आएको अवसरमा रिसोर्टले आफ्ना ग्राहकहरूका लागि तिहारसम्म विभिन्न छुटको घोषणा गरेको छ । जसअनुसार स्वीङका लागि ३ सय रुपैयाँ प्रतिव्यक्ति, केबलकारका लागि प्रतिव्यक्ति तीन सय रुपैयाँ, स्काइ साइकलको एक हजार रुपैयाँ प्रतिव्यक्ति तथा डबल स्काइ साइकलको १५ सय रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ ।कम्पनीका अनुसार फ्यामेली पिङ र गुलेली पिङका लागि २/२ सय रुपैयाँ शुल्क कायम गरिएको छ ।

प्रतिक्रिया