युद्धग्रस्त इजरेलबाट फर्काइए २ सय ५३ नेपाली

हमास समुहको आक्रमणपछि इजरेलमा भएका २५३ नेपाली स्वदेश फर्किएका छन् ।

२६ असोज, काठमाडौं । हमास समुहको आक्रमणपछि इजरेलमा भएका २५३ नेपाली स्वदेश फर्किएका छन् । नेपाली उद्वारका लागि गएको नेपाल एयरलाइन्सको विमान राति साँढे २ बजे काठमाडौं आईपुगेको हो ।

नेपाली नागरिकको उद्वारका लागि विमान बिहिबार बिहान साँढे तीन बजे दुबई हुँदै इजरेल गएको थियो । उद्वारका लागि परराष्ट्र मन्त्री नारायणप्रकाश साउद लगायत सरकारी अधिकारी गएका थिए । शनिबार हमास समुहको आक्रमणमा परि १० जना नेपाली विद्यार्थीको निधन भएको थियो भने केहि घाइते भएका थिए। एक जना नेपाली भने अहिलेसम्म सम्पर्कविहिन छन् ।

आक्रमण सुरु भएपछि उनीहरुलाई त्यहाँबाट सुरक्षित स्थानमा लान समेत समस्या परेको थियो । नेपाली विद्यार्थीले आफु असुरक्षित रहेको र सुरक्षित स्थानमा सार्न आग्रह गरेपछि गएराति उनीहरुलाई पुर्णरुपमा उद्वार गरिएको थियो । सरकारले स्वदेश फिर्ता हुन चाहनेका लागि नेपाल एयरलाइन्सको जहाज पठाएको हो ।

प्रतिक्रिया