आज घटस्थापना : घरघरमा जमारा राखिदै

आज घटस्थापना हिन्दु नेपालीहरुको घरघरमा जमारा राखी मनाइँदै छ ।

२८ असोज, काठमाडौं । आज घटस्थापना हिन्दु नेपालीहरुको घरघरमा जमारा राखी मनाइँदै छ । आजको दिनलाई बडा दशैंको पहिलो दिन मानिन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गर्नु उत्तम मानिएको छ ।

हिन्दु धर्मग्रन्थ अनुसार बडादशैँको पहिलो दिन आज घरका पुजा कोठामा दियो, कलश गणेश राखि घटस्थापना गरिन्छ । यस दिन नजिकको खोलाको बालुवा वा चोखो स्थानको माटो ल्याई विधि सहित जमाराको रुपमा गहुँ र जौ रोप्ने गरिन्छ र आज रोपण गरेको जमारा दुर्गालाई चढाएर विजयादशमीको दिन टीकासंगै लगाउने गरिन्छ ।

प्रतिक्रिया