गैरआवासीय नेपालीलाई नागरिकता प्रदान

सरकारले गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा आयोजित एक कार्यक्रममा आज बिहान गैरआवासीय नागरिकता प्रदान गरेका हुन् ।

३० असोज, काठमाडौं । सरकारले गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा आयोजित एक कार्यक्रममा आज बिहान गैरआवासीय नागरिकता प्रदान गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कुल आचार्य र बद्री केसीलाई नागरिकता प्रदान गर्दै गैरआवासीय नागरिकता वितरणको सुरुवात गरेका हुन् ।

नागरिकता प्राप्त गरेपछि अध्यक्ष केसीले एक पटकको नेपाली सधैंको नेपाली भन्ने अभियान सार्थक भएको बताउँदै सरकारलाई धन्यवाद दिए ।

प्रधानमन्त्री प्रचन्डले नेपालको संविधानमा गैरआवासीय नेपालीहरुलाई आर्थिक, सामाजिक, साँस्कृतिक अधिकारसहितको नागरिकताको व्यवस्था भए पनि कानुनी व्यवस्था गर्न निकै ठूलो संघर्ष गर्नुपरेको स्मरण गर्दै भने, ‘पचासौं लाख गैरआवासीय नेपालीहरुले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने प्रबन्ध गरिएको छ र यो निकै ठूलो उपलब्धि हो ।
उनले भने, ‘गैरआवासीय नेपालीहरू लक्षित विभिन्न कार्यक्रमहरू घोषणा भएको सुनाउँदै, संसारभरि रहेका नेपालीहरू नेपालका गैरआवासीय दूतहरू हुनुहुन्छ । नेपालले तपाईंहरूबाट धेरै अपेक्षा गरेको छ । नेपाल सरकारले संघको स्थापनाकालदेखि नै संघसँग सहकार्य गर्दै आएको छ । तपाईंहरूले नीति तथा वक्तव्यमा समावेश गरियोस् भनेर विभिन्न सुझावहरू दिनुभएको थियो । सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा गैरआवासीय नेपालीहरू लक्षित विभिन्न कार्यक्रमहरू घोषणा गरेको छ ।’

गैरआवासीय नेपालीसँग सम्बधित थुप्रै सवालहरूलाई सरकारको नीति तथा कार्यक्रम र बजेटबाट सम्बोधन गरेको, नेपाल सरकारले विदेशी लगानीको न्यूनतम सीमा ५ करोड रुपैयाँबाट घटाएर २ करोड कायम गरेको, धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीहरूको लगानी खुला गर्न कानुनी व्यवस्था मिलाएको र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमार्फत् योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा आवद्ध गरेर सरकारले ऐतिहासिक काम गरेको प्रधानमन्त्री प्रचण्डले बताए ।

प्रतिक्रिया