पौडेललाई ‘सिन्धु पत्रकारिता सेतो बाघ’ सम्मान

कान्तिपुर दैनिकका उपसम्पादक ऋषिराम पौड्याल 'सिन्धु पत्रकारिता सेतो बाघ'ले सम्मानित भएका छन् ।

१ कार्तिक, सिन्धुपाल्चोक । कान्तिपुर दैनिकका उपसम्पादक ऋषिराम पौड्याल ‘सिन्धु पत्रकारिता सेतो बाघ’ले सम्मानित भएका छन् । सुनकोसी गाँउपालिकाद्वारा विजयदशमीको शुभकामना आदानप्रदान, चियापान तथा सम्मान कार्यक्रममा पौड्याललाई सम्मान गरिएको हो ।
सुनकोसी गापाका अध्यक्ष टपिन्द्र तिमल्सिना , उपाध्यक्ष कान्छी तामाङसहित अन्य जनप्रतिनिधिले उनलाई दोसल्ला ओडाएर सम्मान गरे । ०४९ सालबाट राससबाट पत्रकारिता सुरु गरेका पौड्याल नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका पूर्वसभापतिसमेत हुन् । पौड्यालले जिल्लाको दुर्गम भेगमा दुई दिनसम्म हिँडेर गरेको पत्रकारिता स्मरण गरे । पौड्यालसहित सामुदायिक र निजी बोर्डिङका प्लस टु र एसईईका गरी १० उत्कृष्ट नतिजा ल्याउने विधार्थी र गाउँपालिकामा कार्यरत दुई जना कर्मचारीलाई पनि पुरस्कृत गरिएको थियो

प्रतिक्रिया