साउदी अरबमाथी नेपालको सानदार जित

मलेसियामा भइरहेको एसीसी यू-१९ प्रिमियर कपमा नेपालले साउदी अरबमाथी सानदार जित निकालेको छ ।

२ कार्तिक, काठमाडौं। मलेसियामा भइरहेको एसीसी यू-१९ प्रिमियर कपमा नेपालले साउदी अरबमाथी सानदार जित निकालेको छ । ३४८ रनको विशाल लक्ष्य पछ्याएको साउदी अरबले १९.१ ओभरमा ४६ रन बनाएर अलआउट भएपछि ३०१ रनअन्तरले नेपालले सानदार जित हात पारेको हो ।

योसँगै नेपाल समूह ए को विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । अब नेपालले सेमिफाइनलमा समूह डीको विजेतासँग खेल्नुपर्नेछ ।

खेलमा नेपालका लागि अर्जुन कुमालले शतकीय पारी खेले । उनी १४२ रन बनाएर आउट भए । यस्तै ब्याटर आकाश त्रिपाठीले ८९ रन जोडे भने ओपनिङमा आएका दीपक बोहोराले २९ रन बनाए ।

यस्तै कप्तान देव खनाल भने शून्य रनमै आउट भए । त्यसपछि आएका दीपकप्रकाश डुम्रेले १४ रन बनाएर आउट भए । मिलन बोहराले ९ रन र दीपेश कंडेलले १४ रन बनाए । विशालविक्रम केसी भने २४ रनमा अविजित रहे ।

प्रतिक्रिया