हङकङमाथी नेपालको सहज जित

त्रिकोणात्मक श्रृंखलाको दोस्रो खेलमा नेपालले हङकङमाथि सहज जित निकालेको छ ।

२ कार्तिक, काठमाडौं । त्रिकोणात्मक श्रृंखलाको दोस्रो खेलमा नेपालले हङकङमाथि सहज जित निकालेको छ । काठमाडौंमा आज भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले हराएको हो । ९५ रनको लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर हङकङलाई भेट्टायो ।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२, कप्तान रोहिन पौडेलले नटआउट २५, गुल्सन झाले नटआउट १४ र कुशल भुर्तेलले ८ रनको योगदान दिए ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको हङकङले १९.३ ओभरमा ९४ रन बनाउँदा सबै विकेट गुमायो ।

हङकङलाई सहज रुपमा पराजित गर्ने क्रममा करण केसी एक्लैले ४ विकेट लिए भने अविनाश बोहोरा र सोमपाल कामीले २/२ तथा कुशल मल्ल र मौसम ढकालले एकएक विकेट लिए ।

प्रतिक्रिया