तेस्रो मालिकादेवी खुल्ला ७ ए साइड नगर कप फुटबल प्रतियोगिताको उपाधी रोयल फेमेली चौतारालाई

तेस्रो मालिकादेवी खुल्ला ७ ए साइड नगर कप फुटबल प्रतियोगितामा रोयल फेमेली चौताराले जित हात पारेको छ ।

३ कार्तिक, सिन्धुपाल्चोक । तेस्रो मालिकादेवी खुल्ला ७ ए साइड नगर कप फुटबल प्रतियोगितामा रोयल फेमेली चौताराले जित हात पारेको छ । आज मेलचौरस्थित दरबारडाँडा मैदानमा भएको फाइनल खेलमा महाङ्काल भुमि तामाङ समाजलाई २-० गोलअन्तरले हराउँदै रोयल फेमेलीले जितेको हो ।

बिहिबार भएको सेमिफाइनलको खेलमध्ये चौतारा स्पोर्टिङ क्लव र  रोयल फेमेली बिच भएको खेलमा रोयल फेमेली १-० ले विजयी भएको थियो । यस्तै वडा नम्बर ६ र महाङ्काल भुमि तामाङ समाजबिच भएको खेलमा महाङ्काल भुमि तामाङ समाज ३-० गोल अन्तरले विजयी भएको थियो । यो खेलसँगै फाइनलमा रोयल फेमेली चौतारा र महाङ्काल भुमि तामाङ समाजको भेट पक्का भएको थियो ।

प्रतियोगितामा जिल्लाका २९ टोलीले भाग लिएका थिए । मेलचौर युवा जागरण समाजले विजया दशमी तथा शुभ दिपावलीको अवसरमा वर्षेनी यो कार्यक्रम आयोजना गर्दै आएको छ ।

आज उपाधी हातपारेसँगै रोयल फेमेली चौताराले नगद १ लाख ११ हजार १ सय ११ र उपविजेता महाङ्काल भुमि तामाङ समाजले ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतिक्रिया