धादिङ केन्द्रविन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प

धादिङ केन्द्रविन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको छ। आज विहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

५ कार्तिक, सिन्धुपाल्चेक । धादिङ केन्द्रविन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको छ। आज विहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पविद् मुकुन्द भट्टराईले आज विहानको भूकम्पको पुष्टि गरे । भट्टराइका अनुसार यो गोरखा भूकम्पको परकम्प हो । अघिल्लो साता बझाङमा गएको भूकम्पले डर उत्पन्न गराइरहँदा आइतबार विहानको भूकम्पले चाडपर्व मनाइरहेका नेपालीलाई तरंगित बनाइदिएको छ ।

प्रतिक्रिया