नेपाल र यूएइ प्रतिस्पर्धा गर्दै, टस जितको नेपालले पहिले बलिङ गर्दै

काठमाडौंमा जारी त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा नेपालले आज यूएईसँग प्रतिश्पर्धा गर्दै छ । मुलपानीस्थित क्रिकेट मैदानमा बिहान ११ बजे हुने खेल अघि टस जितेको नेपालले पहिले बलिङ रोजेको छ ।

६ कार्तिक, काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा नेपालले आज यूएईसँग प्रतिश्पर्धा गर्दै छ । मुलपानीस्थित क्रिकेट मैदानमा बिहान ११ बजे हुने खेल अघि टस जितेको नेपालले पहिले बलिङ रोजेको छ ।
नेपाल एक खेल अघि नै फाइनल प्रवेश गरिसकेको छ । यद्यपी आजको खेल फाइनल प्रवेशका लागि हो । नेपाल, युएइ र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिजमा नेपाल लगातार तीन खेल जित्दै एक खेल अगावै फाइनल प्रवेश गरिसकेको छ । नेपालले यसअघि युएईलाई पहिलो खेलमा ७ विकेटले हराएको थियो ।
आजको खेल जिते वा हारे नेपाल र युएइ नै प्रतिस्पर्धा गर्ने छन् । फाइनल खेल कार्तिक १० गते कीर्तिपुर खेल मैदानमा हुँदै छ । यो खेलमा नेपालले युएइलाई जिते हालको नेपालको टी २० र्याङकीङ माथि जाने छ । खेल हारेमा भने माथि उक्लिेने सम्भावना रहन्न । मेन्स टी २० र्याङकीङमा नेपाल १६ औं स्थानमा छ भने युएई १७ औं स्थानमा छ, हङकङ २१ औं स्थानमा छ ।

प्रतिक्रिया